सोमबार, असार २९, २०८३

सागमा १५ पदक दिलाएका बक्सिङ प्रशिक्षक रहिमुभको बिदाइ

नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीबार बिदाइ गरेको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं- नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीबार बिदाइ गरेको छ।

बक्सिङ संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिदाइ गरे।

रहिमुभ आज (बिहीबार) स्वदेश (उज्वेकिस्तान) फर्कदै छन्। उनी नेपाल एयरलाइन्सबाट पहिले दुबई जाने छन्। त्यहाँबाट उज्वेकिस्तान एयरलाइन्सबाट गृह नगर तास्केन्त जाने तालिका छ। रहिमुभको नेपालबाट बिहीबार राती साढे १० बजेको उडान छ।

रहिमुभ गत अक्टोबरमा १ वर्षका लागि नेपाल आएका थिए। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) कारण निर्धारित समयअघि नै स्वदेश फर्कन लागेको बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्।

रहिमुभको प्रशिक्षणमा नेपालले बक्सिङको दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको संघले जनाएको छ।

उनको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तथा जोर्डनमा भएको ओलम्पिक क्वालिफाइङमा सहभागिता जनाएको थियो। १३ औँ सागमा नेपालले ३ स्वर्ण, ६ रजत र ६ काँस्य जितेको थियो। ओलम्पिक क्वालिफाइङमा सनिल शाहीले १ बाउट जितेका थिए।

बिदाइका कार्यक्रममा बक्सिङ संघका अध्यक्ष राम अवालेले रहिमुभको प्रशिक्षणमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको बताएका छन।

त्यस्तै, प्रशिक्षक रहिमुभले अझ राम्रो प्रशिक्षण पाए नेपाली खेलाडीमा विगतकोभन्दा राम्रो नतिजा दिने क्षमता रहेको बताए।

प्रकाशित: Sep 17, 2020| 19:15 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।