काठमाडौं– जारी इंग्ल्यान्ड–अष्ट्रेलिया एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आज तेस्रो तथा निर्णायक खेल हुँदैछ। जितका लागि प्रतिस्पर्धा गर्नै दुवै टिमले आज म्यानचेस्टर रंगशालामा साँझ पौने ६ बजेबाट खेल्दैछन्।
यसअघिका दुई खेलमध्ये पहिलो खेलमा पाहुना टिमले १९ रनले जितेको थियो भने आयोजक इंग्ल्यान्डले दोस्रो खेलमा २४ रनको जित निकालेको थियो। त्यसैले दुई खेलमा दुवै टिमले बराबरी जित निकालेपछि आजको खेल निर्णायक रहनेछ।
कोरोनाको महामारीपछि अष्ट्रेलियाले मे महिनाको अन्तिमबाट मात्र खेल अभ्यास सुरु गरेको थियो। ऊ समान ३ शृंखलाको टी–२० र एकदिवसीय खेल्न २३ अगस्टमा इंग्ल्यान्ड प्रस्थान गरेको थियो।
इंग्ल्यान्ड गत ८ जुलाई यता लगातार प्रतिस्पर्धामा सम्मिलित हुँदै आइरहेको छ। उसले सुरुमा वेस्ट इन्डिजसँग तीन शृंखलाको टेस्ट सिरिज खेलको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग तीनै शृंखलाको टेस्ट सिरिज खेलेको थियो।
दुवै टेस्टमा जित निकालेको इंग्ल्यान्डले टेस्टबीच नै दोस्रो टिम बनाएर आयरल्यान्डविरुद्ध तीनै शृंखलाको एक दिवसीय सुपर लिग खेलेको थियो।
त्यस्तै, दोस्रो टेस्टपछि आयोजकले पाकिस्तानसँग नै तीन शृंखलाको टी–२० पनि खेल्यो। सो शृंखलामा जित निकालेको इंग्ल्यान्ड अहिले अष्ट्रेलियासँग खेलिरहेको छ। अष्ट्रेलियाविरुद्ध तीन शृंखलाको पहिलो टी–२० सिरिज सकिएपछि भने उसले तीन शृंखलाकै एक दिवसीय खेल सुरु गरेको थियो।
कोरोना महामारीपछि इंग्ल्यान्डमा आयोजना गरिएको सबै सिरिजमा आयोजकले जित निकाल्दै आएको छ। यद्यपि महामारीपछिको पहिलो टेस्टमा भने पाहुना टिम वेस्ट इन्डिजले जित निकालेको थियो।
जारी तीन खेलको सिरिज सकिएपछि अष्ट्रेलिया र इंग्ल्यान्डका खेलाडी यूएईमा हुन लागेको इन्डियन प्रिमियर लिग खेल्न त्यसतर्फ जानेछन्। आईपीएलमा अष्ट्रेलियाका १७ र इंग्ल्यान्डका १३ खेलाडी सहभागी छन्।
यूएईमा आउँदो शनिबारबाट आईपीएल सुरु हुँदैछ।
यो पनि पढ्नुहोस्