सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पाहुना टिम अस्ट्रेलियाको जित: म्याक्सवेल र क्यारीको रोमाञ्जक पार्टनरसिप

पाहुना टिम अस्ट्रेलियाको जित: म्याक्सवेल र क्यारीको रोमाञ्जक पार्टनरसिप

अस्ट्रेलिया–इंग्ल्यान्ड एक दिवसीय सिरिजको तेस्रो खेलमा पाहुना टिम अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले २१२ रनको पार्टनरसिप गर्दै आयोजक इंग्ल्यान्डलाई ३ विकेटले हराएका छन् ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं – अस्ट्रेलिया–इंग्ल्यान्ड एक दिवसीय सिरिजको तेस्रो खेलमा पाहुना टिम अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले २१२ रनको पार्टनरसिप गर्दै आयोजक इंग्ल्यान्डलाई ३ विकेटले हराएका छन् ।

७३ रनमै ५ विकेट गुमाएको अवस्थामा म्याक्सवेल र क्यारी लामो समय मैदानमा रहँदै अस्ट्रेलियालाई जिताएका हुन् ।

ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ३०२ रन बनायो ।

३०३ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २ बल बाँकी रहँदै लक्ष्य पुरा गर्यो ।

इंग्ल्यान्डका लागि जोन्नी ब्रिस्टवले ११२ रनको सतकीय पारी खेले भने साम विलिङ ५७ रन बनाउँदै बाहिरिए । अविजित रहेका क्रिस बोक्सले ५३ रन बनाए । अन्य खेलाडीले भने सम्झनलायक प्रदर्शन गरेनन् ।

अस्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले समान ३–३ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको अस्ट्रेलियाले भने खराब सुरुवात गर्दै ७३ रनमै ५ विकेट गुमाइसकेको थियो ।

तर म्याक्सवेल र क्यारीले क्रमशः १०८ र १०६ रनको सतकीय पारी खेल्दै अस्ट्रेलियालाई हारबाट जोगाए ।

यता इंग्ल्यान्डका क्रिस वोक्स र जोय रुटले समान २–२ विकेट लिए । 

तेस्रो खेलमा जित निकालेसँगै अस्ट्रेलियाले तीन खेलको सिरिज २–१ ले जितेको छ ।

प्रकाशित: Sep 17, 2020| 08:00 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।