सोमबार, असार २९, २०८३

ओशाकाले फ्रेन्च ओपन नखेल्ने

काठमाडौं– सिनसिनाटी ओपन र यूएस ओपनका क्रममा चोट लागेकी नाओमी ओशाकाले फ्रेन्च ओपनमा सहभागी नहुने बताएकी छन्।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– सिनसिनाटी ओपन र यूएस ओपनका क्रममा चोट लागेकी नाओमी ओशाकाले फ्रेन्च ओपनमा सहभागी नहुने बताएकी छन्।

पछिल्लो प्रतियोगिताबाट घाइते बनेकी ओशाकाले सेम्टेम्बर–नोभेम्बरमा हुने प्रतियोगितामा सहभागी नहुने बताएकी हुन्।

२२ वर्षे जापानी खेलाडीले पछिल्लो शनिबार दोस्रो पटक यूएस ओपनको उपाधि जितेकी थिइन्। उनले भिक्टोरीया अजरेन्कालाई २–१ को सेटमा हराउँदै समग्रमा तीन ग्राण्डस्लम जितिन्।

यूएस ओपनमा उपाधि विजेता बनेकी ओशाकाले सूचना जारी गर्दै आउँदो फ्रेन्च ओपनमा सहभागी नहुने बताइन्। ‘म फ्रेन्च ओपनमा सहभागी हुन सक्दिनँ,’ उनले सूचनामा भनेकी छिन्, ‘मेरो ह्यामस्ट्रिङ अझै दुखिरहेको छ। यसको समाधानका लागि मसँग पर्याप्त समय पनि छैन। यी दुवै प्रतियोगिता धेरै नजिक भए।’

फ्लसिङ मिडउमा भएको अजरेन्काविरुद्धको फाइनल खेलमा उनको बायाँ खुट्टा ¥याप गरिएको देख्न सकिन्थ्यो। विश्व महिला टेनिस वरियतामा तेस्रो नम्बरमा रहेकी ओशाकाले फ्रेन्च ओपनमा भने सम्झनलायक प्रदर्शन गर्न सकेकी छैनन्।

यता, कोरोना महामारीका कारण यूएस ओपनमा सहभागी नभएकी विश्व नम्बर वान अशलेघ बार्टीले फ्रेन्च ओपबाट पनि आफ्नो नाम फिर्ता लिएकी छिन्।

त्यस्तै, २० पटकका ग्राडस्लम विजेता रोजर फेडडेरर घुँडाको चोटबाट मुक्त भए पनि कोरोना महामारीका कारण प्रतियोगितामा सहभागी बन्ने छैनन्।

फ्रेन्च ओपन २४ मे बाट सुरु गर्ने भनिए पनि कोरोना महामारीका कारण २७ सेम्टेम्बरबाट सुरु हुँदै छ।

 

प्रकाशित: Sep 18, 2020| 08:25 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।