बुधबार, चैत ४, २०८२

उत्साहित र जितको भोको छु : ग्यारेथ बेल

इंग्लिस प्रिमियर क्लब टोटेनहम हट्सपरले वेल्सम्यान ग्यारेथ बेललाई पुनः अनुबन्ध गरेको छ। इंग्लिस क्लबले ३१ वर्षे बेललाई लोनमा इंग्ल्यान्ड फर्काएको हो।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर क्लब टोटेनहम हट्सपरले वेल्सम्यान ग्यारेथ बेललाई पुनः अनुबन्ध गरेको छ। इंग्लिस क्लबले ३१ वर्षे बेललाई लोनमा इंग्ल्यान्ड फर्काएको हो।

National life

स्पेनिस क्लब रियल मड्रिडबाट ७ वर्षपछि टोटेनहम पुगेका बेलले जितको लागि प्रिमियर लिगमा फर्किएको बताएका छन्। ‘इंग्ल्यान्ड फर्कँदा रमाइलो लागेको छ। यो मेरो लागि धेरै स्पेसल क्लब हो, जहाँ मैले मेरो नाम पाएको थिएँ,’ उनले भने।

उनले थपे, ‘अब मैले फिटनेसका केही काम गर्न बाँकी छ। म खेलमा र उपाधि जित्नका लागि सहयोग गर्नेछु।’

टोटेनहमले उनलाई वेल्सको खेलबाट चोटले ग्रसित बनेकै अवस्थामा भित्र्याएको हो। अब उनी अक्टोबरको सिजन ब्रेकपछि मात्र खेलका लागि फिट हुनेछन्। यसकारण उनले प्रिमियर लिगमा टोटेनहमका पाँच खेल खेल्न पाउने छैनन्।

१७ वर्षको उमेरमै बेल सन् २००७ मा पहिलोपटक टोटेनहममा अनुबन्ध भएका थिए। ५ मिलियन पाउन्डमा अनुबन्ध भएका बेल २०१३ मा ८५ मिलियन पाउन्डमा रियल मड्रिड पुगे।

Laxmi sunrise bank
kumari

‘जब म यहाँबाट गएको थिएँ, मलाई सधैं लाग्थ्यो कि म फर्केर आउनेछु,’ उनले लन्डल क्लबमा अनुबन्ध भएपछि भने, ‘अहिले म जितको भोको छु र म टिमका लागि काम गर्न ज्यादै उत्साहित छु। मलाई लाग्छ मैले रियलमा गएर जित्न बानी पारेर आएँ। अहिले मेरो दिमाग जितको मनस्थिति विकास भइसकेको छ।’

बेलले रियल मड्रिडका ७ सिजनमा २ ला लिगा, एक कोपा डेल रे, तीन सुपर कप, तीन क्लब विश्वकप र चार च्याम्पियन्स लिग जितिसकेका छन्। बेल ला लिगाका सबैभन्दा महँगा र धेरै गोल गर्ने व्रिटिस खेलाडी हुन् ।

उनले ला लिगामा १७१ खेलमा ८० गोल र ४० एसिस्ट गरेका छन्। लिगबाहेक पनि उनले २० गोल गरेका छन्।

प्रकाशित: Sep 20, 2020| 06:09 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।