सोमबार, असार २९, २०८३

साविक विजेता मुम्बईलाई हराउँदै पहिलो खेलमा चेन्नई विजयी

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा साविक विजेता मुम्बईलाई हराउँदै चेन्नई सुपर किंग्स विजयी भएको छ। यूएईको अवुधावीमा सम्पन्न खेलमा चेन्नईले ५ विकेटको जित निकालेको हो।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा साविक विजेता मुम्बईलाई हराउँदै चेन्नई सुपर किंग्स विजयी भएको छ। यूएईको अवुधावीमा सम्पन्न खेलमा चेन्नईले ५ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले उत्कृष्ट सुरुवात गर्दै पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य पाएको चेन्नईले ४ बल बाँकी रहँदै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

ब्याटिङको निम्तो पाएको मुम्बईका सौरव तिवारीले सर्वाधिक ४२ रन बनाए। त्यस्तै, क्विन्टन डि ककले ३३, केइरोन पोलार्डले १८ रन बनाए भने सुर्यकुमार यादवले १७ रन बनाए। ओपनर एवम् कप्तान रोहित शर्मा भने १२ रनमै आउट भए।

यता चेन्नईका लुंगी निगिदीले ३ विकेट लिए भने दिपक चहर र रविन्द्र जाडेजाले समान २–२ विकेट लिए।

त्यस्तै, जवाफी ब्याटिङमा आएको चेन्नईका अम्बाती रायडूले ७१ रनको अर्धसतकिय पारी खेले। त्यस्तै फाफ डू प्लेसिसले अविजित ५८ रन बनाए भने साम कुरनले १९ रन जोडे।

मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स पटिन्सन्, स्प्रित बुमराह, क्रुनल पाण्ड्या र राहुल चहारले समान १ –१ विकेट लिए।

प्रकाशित: Sep 20, 2020| 00:47 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।