सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मैत्रीपूर्ण खेलका लागि ३ देशको प्रस्ताव आएपछि अभ्यास खुलाउन एन्फाको माग

मैत्रीपूर्ण खेलका लागि ३ देशको प्रस्ताव आएपछि अभ्यास खुलाउन एन्फाको माग

मैत्रीपूर्ण खेलका लागि नेपाललाई तीन देशको प्रस्ताव आएको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं- मैत्रीपूर्ण खेलका लागि नेपाललाई तीन देशको प्रस्ताव आएको छ। नेपाललाई बंगलादेश, मंगोलिया र डोमेनिक रिपब्लिकले प्रस्ताव गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

एन्फाका अनुसार बंगलादेशले स्वदेशमा खेल्न प्रस्ताव पठाएको हो भने मंगोलिया र क्यारेबियन देश डोमेनिकले नेपाल आएर खेल्नसक्ने छन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको फुटबल बरियतामा बंगलादेश १८७ नम्बरमा छ भने मंगोलिया १९० नम्बरमा छ। त्यस्तै डोमिनिक १८४ औँ नम्बरमा छ। यी तीनै देशभन्दा अगाडि रहेको नेपाल १७० औँ स्थानमा छ।

प्रस्ताव आए पनि नेपालमा सरकारले चैत ११ गेतेबाट लकडाउन र गत साउनबाट देशका विभिन्न ठाउँमा निषेध आदेश जारी गरेपछि फुटबललगायत खेल गतिविधि सुरु भएका छैनन्।

निषेध आदेश खुकुलो बने पनि सरकारले खेलकुदका गतिविधि पूर्ण रुपमा बन्द गरेको छ। जसका कारण मैत्रीपूर्ण खेलका लागि मिति तोकिसकिएको छैन।

एन्फाले सरकारले खेलकुद गतिविधि सुरु गर्ने अनुमति नदिँदा अभ्यास र मैत्रीपूर्ण खेलका लागि मिति तय नभएको बताएको छ।

यता एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतको टोलीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेट गर्दै खेल सुरु गर्न पहल कदमीका लागि माग गरेको छ।

प्रकाशित: Sep 16, 2020| 19:45 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।