सोमबार, असार २९, २०८३

हाल्यान्डको २ गोलसँगै डर्टमुन्डको सुखद सुरुवात

 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं- जर्मन लिग बुन्डेसलिगामा साविक उपविजेता हाल्यान्डले सुखद सुरुवात गरेको छ।

शनिबार राति भएको खेलमा उसले घरेलु मैदानमा ग्लाबाखलाई ३–० गोलले हराउँदै सुखद सुरुवात गरेको हो।

जितका लागि इर्लिङ ब्रउट हाल्यान्डले २ गोल गरे भने गिभिन्नी रियनले १ गोल गरे। खेलको ३५ औं मिनेटमा रियनले गोल गर्दै डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाए।

पहिलो हाफमा एक गोलले अघि रहेको डर्टमुन्डले दोस्रो हाफमा दुई गोल थप्यो। हाल्यान्डले ५४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे भने ७७ औं मिनेटमा दोस्रो गोल गर्दै डर्टमुन्डलाई ३–० अन्तरले जिताए।

पहिलो खेलमा जित निकाल्दै घरेलु टिमले ३ अंक जोडेको छ।

त्यस्तै शनिबार राति नै सम्पन्न अन्य खेलमा फ्रांकफ्रुटले अर्मिनियासँग १–१ गोलको बराबरी खेलेको छ भने युनियन बर्लिनले अगस्बर्गसँग ३–१ गोलले पराजित हुँदा हेर्था बर्लिनले वेर्डरसँग ४–१ गोलको जित निकालेको छ।


आजका खेल-

लाइप्जिक र माइन्ज, राति ७:१५ बजे

वुल्भ्सबर्ग र लेवरकुसन, राति ९ः४५ बजे।

प्रकाशित: Sep 20, 2020| 01:16 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।