सोमबार, असार २९, २०८३

टोटेनहममा अनुबन्ध हुन बेल इङ्ल्याण्ड फर्किने तयारीमा

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल इङ्ल्याण्ड फर्किने तयारीमा जुटेका छन्। उनी भोलि (शुक्रबार) इङ्ल्याण्ड फर्किने तयारीमा रहेको बीबीसीले जनाएको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल इङ्ल्याण्ड फर्किने तयारीमा जुटेका छन्। उनी भोलि (शुक्रबार) इङ्ल्याण्ड फर्किने तयारीमा रहेको बीबीसीले जनाएको छ।

३१ वर्षीय ‘वेल्सम्यान’ पूर्व क्लब टोटेनहम हट्सपुरमा अनुबन्ध हुन इङ्ल्याण्ड जाँदै छन्। उनी रियल मड्रिडका पछिल्लो खेलमा स्क्वाडमा समावेश हुन नसकेपछि इङ्ल्याण्ड फर्कन लागेका हुन्।

प्रिमियर क्लब र बेलका प्रतिनिधिबीचको वार्ता सकारात्मक रुपले अघि बढिरहे भोलि उनी लण्डन जोनछन्। तर उनी, बिहीबार (आज) पनि रियल मड्रिडमा प्रशिक्षण गरिरहेका छन् र टोटेनहमसँगको वार्ताको निर्णय पनि पर्खिरहेका छन्।

उनी मार्टिन जोलको प्रशिक्षणमा रहेको टिम टोटेनहममा पहिलोपटक सन् २००७ मा अनुबन्ध भएका थिए। त्यसपछि उनी सन् २०१३ मा विश्वकै सर्वाधिक मूल्य ८५ मिलियन पाउन्डमा रियल मड्रिड पुगेका थिए।

उनका प्रतिनिधि जोनाथन बर्नेट्टले क्लबसँगको वार्ता विस्तारै राम्रो बन्दै गएको बताएका छन्। ‘ग्यारेथ, रियल छोड्ने निर्णयमा पुगेका छन्। हामीले नेगोसिएट गरिरहेका छौँ। हेरौँ समयय कसरी अघि बढ्छ,’ उनले भने।

टोटेनहममा अहिले प्रशिक्षण गरिरहेका जोस माहोरिन्होको सामयमा नै बेल रियल मड्रिडमा अनुबन्ध भएका थिए।

यो पनि पढ्नुहोस्

प्रकाशित: Sep 17, 2020| 17:35 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।