बुधबार, चैत ४, २०८२

२६ जना थपिए सुदूरपश्चिममा कोरोना संक्रमित

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ ।

National life

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको दुई सय ७१ जनाको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आज कैलालीका २३, बझाङका दुई र कञ्चनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिकाका आठ महिला र आठ पुरुष, टीकापुर नगरपालिकाका सात जना, बझाङ मष्टा वडा नम्बर १ का एक पुरुष र बझाङ छब्बिसपाथिभरा वडा नम्बर ७ का एक पुरुष भिमदत्त नगरपालिका–१७ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित: Jul 31, 2020| 17:36 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।