सोमबार, असार २९, २०८३

इटालियन ‘सिरी ए’ मा नापोलीको सुखद सुरुवात

इटालियन सिरी ए अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा नापोलीले पार्मालाई हराउँदै सुखद सुरुवात गरेको छ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

काठमाडौं- इटालियन सिरी ए अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा नापोलीले पार्मालाई हराउँदै सुखद सुरुवात गरेको छ। पार्माको एन्नी टार्डिनी रंगशालामा सम्पन्न खेलमा पाहुना टोलीले २–० गोलअन्तरको जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा नापोलीले २ गोल गर्यो। जितका लागि ड्रिज मार्टिन्स र लोरेन्जो इन्सिनले समान १–१ गोल गरे। मार्टिन्सले खेलको ६३ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाए।

खेलको ७७ औँ मिनेटमा इर्भिङ लोसानो प्रहारले गरेको बल पार्माका डिफेन्डरबाट फर्किएपछि इन्सिनले प्रहार गर्दै गोलमा परिणत गरे। उनको गोलसँगै नापोलीले २–० गोलको जित निकालेको हो। जितसँगै लिगमा नापोलीले ३ अंक जोडेको छ।

इटाली सरकारले सिरी एका खेलमा हजार जनासम्म दर्शक उपस्थित हुन स्वीकृति दिएपछि थोरै मात्रामा दर्शकको उपस्थिति थियो।

त्यस्तै शनिबार राति सपन्न खेलमा फियोरेन्टिनाले घरेलु मैदानमा टोरिनोलाई १–० गोलअन्तरले हराएको थियो। एक गोलले जित निकाल्दै फियोरेन्टिनाले ३ अंक बनाएको छ।

गएराति नै सम्पन्न अर्को खेलमा वेरोनाले पाहुना टिम रोमासँग गोलरहित बराबरी खेलेको छ। बराबरीसँग दुबै टिमले अंक बाँडेका छन्।

सिरी एमा आजका बाँकी खेल :

जिनोआ र क्रोटोनी, राति पौने ७ बजे

ससौलो र क्यालिग्री, राति पौने १० बजे

युभेन्टस र साम्दोरिया, राति साढे १२ बजे

प्रकाशित: Sep 20, 2020| 12:37 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।