मंगलबार, भदौ २३, २०८३

सीपीएल : सन्दीपको टिम तलावाज सेमीफाइनलमा ९ विकेटले पराजित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा ९ विकेटले पराजित बनेको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाज क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा ९ विकेटले पराजित बनेको छ।

ट्रौबामा सम्पन्न पहिलो सेमीफाइनल खेलमा तलावाज ट्रिनबागो नाइट राइडर्ससँग पराजित भएपछि उसको फाइनल यात्रा टुंगिएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको तलावाजले कमजोर सुरुवात गर्दै सम्पूर्ण ओभर खेलेर ७ विकेटको क्षतिमा १०७ रन बनाएको थियो। १०८ रनको लक्ष्य पाएको ट्रिनबागोले १५ ओभरमै एक विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।

तलावाजका नकुमह बोन्नरले ४१ र रोवमान पावेलले ३३ रनबाहेक अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गरेनन्। यता ट्रिबागोका अकेल होसिनले तीन विकेट लिए भने खारी पियरेले दुई विकेट लिए।

त्यस्तै जवाफी ब्याटिङमा आएको ट्रिनबागोले सानदार ब्याटिङ गर्दै १५ ओभरमै जित सुनिश्चित गर्यो। जितका लागि लेन्डिल सिम्मोन्सले ५४ रनको अर्धसतकिय पारी खेले भने टिओल वेबस्टारले ४४ रन बनाए। दुवै खेलाडी प्रतियोगितामा अविजित रहे।

तलावाजको मुजिव उर रहमानले एक विकेट लिए। सेमीफाइनल खेलमा विकेटविहिन रहेका सन्दीपले प्रतियोगिता अवधिभर भने १२ विकेट लिए।

प्रकाशित: Sep 09, 2020| 07:01 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।