सोमबार, असार २९, २०८३

सिजनको पहिलो खेलमै पीएसजीको पराजय

कोरोना महामारीका कारण फरवार्ड नेयमार जुनियर, केलियन एम्बाप्पे र डि मारियाको अनुपस्थितिका साथै थियागो सिल्वा बाहिरिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)को पहिलो खेलमा झट्का लागेको छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– कोरोना महामारीका कारण फरवार्ड नेयमार जुनियर, केलियन एम्बाप्पे र डि मारियाको अनुपस्थितिका साथै थियागो सिल्वा बाहिरिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)को पहिलो खेलमा झट्का लागेको छ।

फ्रेन्च लिग वानको साविक विजेता हुँदै गत सिजनमा अन्य तीन उपाधि जितेको पीएसजी नयाँ सिजनको पहिलो खेलमै लिन्ससँग पराजित बनेको छ। बिहीबार राति सम्पन्न खेलमा पीएसजीले लिन्ससँग १–० गोल अन्तरले हार बेहोरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रोे हाफको ५७ औं मिनेटमा लिन्सका इग्नाटिउस जनागोले निर्णयक गोल गरे। यता पीएसजीले निर्धारित अवधिभर गोल गर्न सकेन। र, जित लिन्सको पोल्टामा पर्यो।

पहिलो खेलमा हार बेहोरेर अंकविहिन बनेको पीएसजी १७ औं स्थानमा छ। त्यस्तै लिन्स भने एक खेलमा हार र एक खेलमा जित निकालेर १२ औं स्थानमा छ।

निस लिग वानको शीर्षस्थानमा छ। सुरुवाती दुवै खेलमा जित निकाल्दै उसले ६ अंक बनाएको छ भने पछिल्लो सिजनको च्याम्पियन्स लिगमा सेमीफानल पुगेको लियोन अंकतालिकाको आठौं स्थानमा छ।

 

प्रकाशित: Sep 11, 2020| 08:05 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।