पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिडमा बेल्यिजन फरवार्ड इडेन हजार्डको भूमिका कम हुँदै गएको छ। उसै त कम खेलमा सहभागी भएका हजार्डले आफ्नो सान्टियागो बर्नेबाउमा प्रभुत्व जमाइरहन सकेनन्।
समर्थकले रियलका अन्य खेलाडीभन्दा इडेनको नायकत्व पर्खेर बसेका छन्। उनी हेर्दा जति ‘कुल’ देखिन्छन्, उनको खेल पनि त्यति नै ‘कुल’ बन्दैछ। तर समर्थक चाहन्छन् उनी आक्रामक तरिकाले मैदानमा प्रस्तुत होउन्।
उनीमाथि समर्थकको लगाव यसकारण पनि छ, कि ग्लोबल स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस गएपछि उनको बदलामा रियलले उनलाई देखेको थियो। उतिबेला स्पेनिस फुटबल पण्डितहरुले लियोनेल मेस्सी र इडेन हजार्जबीचको एल क्लासिकोलाई शान्त युद्ध भनेका थिए।
हुन पनि मेस्सी र हजार्ड दुवै खेलाडीको व्यक्तित्व शान्त किसिमको छ। र, उनीहरुको खेलले फुटबलको वास्तविक रोचकता बढाउने चर्चा गरिएको थियो। तर, लस ब्लान्कोस र समर्थकले आँकेअनुसारको प्रदर्शन हजार्डले गर्न सकेनन्। पछिल्लो सिजनको स्पोनिस ला लिगा पनि फितलो रह्यो।
२०१९–२० को आधा सिजनमा पछिल्लो १२ वर्षकै कम अंक बनाएर अंक तालिकाको शीर्षस्थानमा रहेको बार्सिलोनाले रियललाई उपाधि सुम्पिँदा पनि हजार्डको भूमिका पोर्चुगिज स्टारभन्दा धेरै तल रह्यो। उपाधिको जस पनि सर्जियो रामोस र करिम बेञ्जेमाले नै पाए।
बेल्जियन फरवार्ड हजार्डको फिटनेसलाई लिएर उनका प्रशिक्षक जिनेदिन जिदानेले लामो समयसम्म प्रश्न उठाइरहेका छन्। आउँदो सिजनमा उनको फिटनेस कस्तो रहने छ भनेर क्लबमा पनि चासो बढेको छ।
यसभन्दा पर रहेर हेर्दा हजार्ड जारी यूईइफए नेसन्स लिगको सुरुवाती दुई खेलमा पनि बेल्जियमको स्क्वाडमा परेनन्। टिमसँगै खेल्न गएका उनी बेन्चमै सीमित बने।
हजार्ड टिममा सहभागी हुन अझै ६० अभ्यास सेसन पर रहेको बेल्जियमका मुख्य फुटबल प्रशिक्षक रोबर्टो मार्टिनेज बताउँछन्। उनी भन्छन्, ‘उनी खेल सुरु गर्न पूरै फिट छैनन्।’
प्रशिक्षकले यसो भनिरहँदा एउटा प्रश्न जिवितै हुन्छ– उनी फिट थिएनन् भने पहिलो स्थानमा किन बोलाइयो ?
त्यसैले उनी रियलमा फर्किएपछि नयाँ सिजनको सुरुवातमा फिटनेससँग जुध्ने एउटा चुनौति छ।
ड्रेसिङ रुममा सद्भाव
हजार्डको प्रदर्शन उल्लेख्य नभए पनि मड्रिडको टिमलाई उनीसँग कुनै समस्या छैन। उनको स्वाभावलाई लिएर पनि कसैको गुनासो छैन। गत समरमा स्पेनको राजधानी पुगेपछिको सिजन उनले पहिलो इम्प्रेसन राम्रो दिन सकेनन्। जसको कारण उनको चोट हो।
उनी गत नोभेम्बरमै घुँडाको चोटबाट पीडित बने, फेब्रुअरीमा चोट दोहोरियो। यसले रियलसँग जोडिएको जो कोहीलाई पनि राम्रो लाग्ने कुरै भएन।
जब हजार्ड र लब ब्लान्कोस लकडाउनपछि खेलमा फर्किए, पूर्व बेल्जियन स्टारले केही खेलमा राम्रो प्रदर्शन गरे। एस्पानोयलविरुद्धको खेलअघि उनको चर्चा पुनः सुरु हुन थाल्यो। तर एस्पानोयलको त्यो खेलमा उनी फेरी चेटले ग्रस्त बने।
अब उनले खुट्टाको चोट सम्हालेर फिटनेस कायम गरेर खेलमा फर्किनुपर्ने छ।
भविष्यसँग मिश्रित भावना
उनले अझै पनि सोचेजस्तै खेल्न सक्नेछन्, यही विश्वासका साथ लस ब्लान्कोसमा उनले सम्मान पाइरहेका छन्। क्लबले उनको भविष्य र बढेको तौललाई विचार गर्दै क्लबमै बस्न विदाको समयमा पनि क्लबमै रहन र बेल्यिमको क्लबमा नजान सन्देश दिने केही गरेको थियो।
तर कुनै खलाडीले देशप्रति निभाउने कर्तव्यमाथि मड्रिडले शब्दले प्रहार गर्न भने सकेन। उनी नेसन्स लिग खेल्न स्वदेश फर्किए। तर खेल्न पाएनन्।
अहिले क्लबका प्रशिक्षकहरु उनले पूर्वक्लब चेल्सीमा जस्तै प्रदर्शन गरुन् भनेर योजना बनाइरहेका छन्। चेल्सीलाई युरोपा लिग जिताउने जसरी योगदान गरेका थिए, त्यसरी नै रियलमा खेल्न सके उनको छवि उच्चो रहने छ।
चेल्सीमा रहँदा हजार्ड तीन सिजन प्लेयर अफ दि इयर बनेका थिए। अब उनी अर्कोपटक बेल्जियमबाट खेल्न जानुभन्दा अघि लस ब्लान्कोसले रियल सोसिडाड, रियल बेटिस, रियल भाल्लाडोलिड र लेभान्टेसँग खेल्नेछ।
त्यसपछि उनको बेल्जियमबाट अन्तर्राष्ट्रिय खेल सहज बन्नेछ।
–मार्का