सोमबार, असार २९, २०८३

मछिन्द्र क्लबले बिदाइ गर्‍यो तीन विदेशी खेलाडी

काठमाडौंमा रहेका विदेशी खेलाडीलाई सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले बिदाइ गरेको छ। क्लबले तीन विदेशी खेलाडीलाई बिदाइ गरेको हो।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाठौं – सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले विदेशी खेलाडीलाई बिदाइ गरेको छ। क्लबले लकडाउनका कारण लामो समयदेखि काठमाडौंमा रहेका तीन विदेशी खेलाडीलाई बिदाइ गरेको हो।

‘तीनै जना खेलाडीलाई रिलिज पेपर दिएको हो। अब उनीहरुलाई स्वदेश फर्कने व्यवस्था गरिदिँदै छौं,’ क्लबका व्यवस्थापक अनिल श्रेष्ठले नेपाल समयसँग भने।

नेपालमा मंसिरदेखि चैत–वैसाखसम्म लिग र मोफसलका फुटबल सञ्चालन हुने भएकाले क्लबले त्यही समय सम्मका लागि मात्र विदेशी खेलाडी अनुबन्ध गरेको हुन्छ। तर उनीहरु फुटबलका खेल सकिएर विदेश फर्कनुअघि नै कडाउन सुरु भएका कारण नेपालमै थिए।

‘नेपालमै रहेका खेलाडीलाई खेल नभएको समयमा पनि सम्झौताअनुसार तलबभत्ता दिएका छौं। अब अर्को साल पनि आउने निमन्त्रणासहित हामीले खेलाडी बिदा गर्‍यौं,’ उनले भने, ‘उनीहरुले पनि खेल सम्भव भएमा अर्को वर्ष नेपाल आउने बताएका छन्।’

मछिन्द्र क्लबका डिफेन्डर पिटर सेगुन सेप्टेम्बर ६ (भदौ २१) मा नै स्वदेश फर्किसकेका छन्। अखिल खेपाल फुटबल संघ (एन्फा) को प्राविधिक प्रतिवेदनका अनुसार सेगुनले पछिल्लो ए डिभिजन लिगमा १२ खेलबाट २ गोल गरेका थिए भने एक गोल आत्मघाती भएको थियो।

साथै मछिन्द्र क्लबले बिहीबार मिडफिल्डर आन्द्रेस नियाँलाई पनि भत्ता र प्लेन टिकटसहित बिदा गरेको छ। उनी क्यामरुनका खेलाडी हुन्। उनले लिगमा ११ खेलमा सहभागी भएर एक गोल गरेका छन्।

फरवार्ड सोमिडे एडिलेजाको भने पासपोर्टको मिति सकिएका कारण घर फर्कने प्रक्रिया लम्बिएको छ। तर उनको पनि सेप्टेम्बर १४ का लागि टिकट खरिद गरिसकिएको छ।

कोरोनाका कारण उनको पासपोर्टको म्याद सकिएपछिका प्रक्रिया हुन सकेका थिएनन्।

यता क्यामरुनको दूतावास नेपालमा नभएका कारण वैकल्पिक बाटोबाट क्लबले पासपोर्ट नवीकरण प्रक्रिया अघि बढाएको व्यवस्थापक श्रेष्ठले बताए। एडिलेजाले ११ खेलमा चार गोल गरेका थिए।

प्रकाशित: Sep 10, 2020| 15:00 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।