सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सीपीएलको उपाधि ट्रिनबागोलाई, पोलार्ड र सिमोनको सानदार प्रदर्शन

सीपीएलको उपाधि ट्रिनबागोलाई, पोलार्ड र सिमोनको सानदार प्रदर्शन

काठमाडौं– सेन्ट लुसिया जोउक्सलाई हराउँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ। ट्रिनबागोले सेन्ट लुसियालाई ८ विकेटले हराउँदै उपाधि जितेको हो।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– सेन्ट लुसिया जोउक्सलाई हराउँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ। ट्रिनबागोले सेन्ट लुसियालाई ८ विकेटले हराउँदै उपाधि जितेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट लुसियाले १९.१ ओभरमै सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो। १५५ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले मात्र २ विकेटको क्षतिमा १८.१ आभर खेल्दै १५७ रन बनायो।

जितका लागि लेन्डी सिमोनले अविजित ८४ रनका योगदान दिए भने डर्रेन ब्रावोले पनि अविजित ५८ रन बनाए। यता सेन्ट जोउक्सका स्कट कुगेलेजिन र रुस्तन चेजले समान १–१ विकेट लिए।

पहिलो इनिङमा ब्याटिङ सम्हालेको सेन्ट लुसियाका आन्द्रे फ्लेचरले २९, मार्क डियलले २०, नजिबुल्लाह जर्दनले २४ र रुस्तन चेसले २२ रनको योगदान दिए। यसबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

विजेता टिमका किइरोन पोलार्डले सर्वाधिक ४ विकेट लिए भने फवाद अहमद र अली खानले समान २–२ विकेट लिए।

खेलमा सिमोन म्यान अफ दि म्याच घोषित भए। गएराति सम्पन्न प्रतियोगितामा ट्रिनबागो यस्तो टिम रह्यो जुन कुनै खेलमा पनि पराजित बनेन।

प्रकाशित: Sep 11, 2020| 07:26 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।