१३ औं सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे ४९ औं खेल हुँदैछ। आजको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।
नर्वेजियन फरवार्ड इर्लिङ ब्रुट हाल्यान्ड र इंग्ल्यान्डका खेलाडी जाडन साञ्जोले समान १–१ गोल गर्दै च्याम्पियन्स लिगमा डर्टमुन्डलाई पहिलो जित दिलाएका छन्।
काठमाडौं– डिफेन्डिङ च्याम्पियन बायर्नले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार रातिको खेलमा नाटकीय जित निकालेको छ। लोकोमोटिभ मस्कोको मैदानमा सम्पन्न खेलमा घरेलु टिमविरुद्ध बायर्नले २–१ गोलको जित निकालेको हो।
काठमाडौं– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ। मोन्चेनग्लाडबाखको मैदानमा सम्पन्न खेलमा रियल घरेलु टिमसँग २–२ गोलको बराबरीमा रोकिएको थियो।
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल पराजित भएको छ। युएइको शारजहा मैदानमा भएको खेलमा उसले सनराइजर्स हैदराबादविरुद्ध ८८ रनको हार बेहोरेको हो।
१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (सोमबार) ४६ औं खेल साँझ पौने ८ बजे कोलकाता नाइट राइडर्स र किंग्स इलेवेन पञ्जाबबीच शारजाह मैदानमा हुँदैछ।
यूएईमा जारी आईपीएल २०२० को ४५ औं खेल राजस्थान रोयल्सले जितेको छ। अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा राजस्थानले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको हो।