आइतबार, असार २८, २०८३

बंगलादेशसँग फुटबल खेलेर राष्ट्रिय टोली स्वदेश फर्कियो

दुई हप्तायता बंगलादेशको भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्किएको छ।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं– दुई हप्तायता बंगलादेशको भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्किएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीलाई स्वागत गरेका छन्।

नेपालले बंगलादेशमा घरेलु टिमविरुद्ध दुई खेलको सिरिज खेलेको थियो। कात्तिक २८ मा सम्पन्न पहिलो खेलमा नेपाले २–० गोलको पराजय भोगेको थियो भने दोस्रो खेल गोलरहित बराबरी भएको थियो।

कोरोना महामारीबीच नेपाली फुटबलले टिमले दुई हप्ताको मात्र अभ्यास गरेर फुटबल प्रतियोगितामा भाग लिएको थियो। कोरोना महामारी सुरु भएपछिको पहिलो खेलमा पराजय भोगे पनि यो विश्वकप र एसिया कप छनोटको तयारीको लागि महत्वपूर्ण कदम सावित भएको छ।

सन् २०२१ को  जुन मध्यसम्ममा एसियाली फुटबल महासंघले विश्वकप र एसिया कप छनोटको खेल सक्ने बताएको छ। नेपाले छनोटमा तीन होम गेम खेल्न बाँकी छ।

यता राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुधन उपाध्याय कोरोना संक्रमण देखिएपछि उनी स्वदेश फर्किएका छैनन्। उनी ढाकास्थित अस्पतालको आइसोलेसनमा छन्।
 

प्रकाशित: Nov 19, 2020| 11:21 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।