बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बस चल्ने

असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बस चल्ने

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका ६ नयाँ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्।

काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा बस सेवा विस्तार गर्न लागेका हुन्। बसहरू गोदावरी–बुढानीलकण्ठ, जगाती–रत्नपार्क–ठमेल, विमानस्थल–नागढुङ्गा, कीर्तिपुर–नयाँ सडक तथा चक्रपथलगायतका रुटमा सञ्चालन हुनेछन्।

चक्रपथमा दुईतर्फी सेवा सञ्चालन भएपछि एक ठाउँमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न स्थानमा पुग्न सकिनेछ। यात्रुले अधिकतम ८० रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ।

बैठकले रात्रिकालीन बस सेवा नगरपालिकाहरूको वित्तीय साझेदारीमा निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ। सेवा सञ्चालनका लागि आवश्यक रुट अनुमति सहज बनाउन यातायातसम्बन्धी कानुन संशोधनका लागि सरकारलाई अनुरोध गर्ने निर्णयसमेत भएको छ।

यस्तै, रात्रिकालीन सेवा प्रभावकारी बनाउन स्थानीय तहले सार्वजनिक स्थलमा रातिसम्म मेला, महोत्सव तथा अन्य गतिविधि सञ्चालन गर्ने, बसको गन्तव्यमा चार्जिङ केन्द्र निर्माण तथा रात्रिकालीन बसपार्क व्यवस्थापनमा सहयोग गर्ने निर्णय भएको छ।

प्रकाशित: Sep 10, 2026| 09:04 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्