पाल्पा। पाल्पाको रैनादेवीछहरा गाउँपालिका–३, बल्गामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
बल्गाबाट कटौजेतर्फ आउँदै गरेको नम्बर नखुलेको तीनपाङ्ग्रे अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो। अटोमा चालकसहित आठ जना सवार रहेकोमा छ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मुझुङ, पाल्पाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइतेको उद्धार गर्नुका साथै दुर्घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मुझुङबाट करिब २४ किलोमिटर पश्चिम–उत्तरमा पर्छ।