मंगलबार, कात्तिक १०, २०८३

कस्तो रहनेछ आज दिनभरको मौसम ?

 |  मंगलबार, कात्तिक १०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १०, २०८३

काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको र  तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ।

आज दिउसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने  देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। त्यस्तै, आज राति देशभर आंशिक बादल लाग्नेछ।

आगामी तीन दिनका लागि कुनै मौसमी चेतावनी छैन। तथापि, कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Oct 27, 2026| 06:08 मंगलबार, कात्तिक १०, २०८३
प्रतिक्रिया दिनुहोस्