बिहीबार, भदौ २५, २०८३

मेस्सी बार्सिलोनामै बसुन : ग्वार्डिओला

स्पेनिस क्लब बार्सिलोनामा प्रशिक्षण गराइसकेका म्यानचेस्टर सिटीको बोस पेप ग्वार्डिओलाले कप्तान लियोनेल मेस्सीलाई बार्सिलोनामै बस्न सुझाव दिएका छन्।
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

काठमाडौं– स्पेनिस क्लब बार्सिलोनामा प्रशिक्षण गराइसकेका म्यानचेस्टर सिटीको बोस पेप ग्वार्डिओलाले कप्तान लियोनेल मेस्सीलाई बार्सिलोनामै बस्न सुझाव दिएका छन्।

मेस्सी बार्सिलोनाको खलाडी रहेको भन्दै प्रशिक्षक ग्वार्डिओलाले उनलाई खेल करियर बार्सिलोनामै रहेर सक्न सुझाव दिएका हुन्।

ग्वार्डिओलाले गत बिहीबार मात्र म्यानचेस्टर सिटीसँग दुई वर्षे सम्झौता थप गरेका छन्। गत समरमा सिटीमा आउन लागेका मेस्सीबारे सम्झौता लगत्तै प्रशिक्षक ग्वार्डिओलाले सुझाव दिएका हुन्।

यता बार्सिलोनामा मेस्सीको सम्भौता आउँदो समरमा सकिँदैछ। त्यसपछि उनी फ्री ट्रान्फरमार्फत् अन्य क्लब जोइन गर्न सक्नेछन्। उनले आउँदो जनवरीबाटै प्रि–कन्ट्राक्ट टर्ममा कुनै क्लबसँग जोडिन सक्नेछन्।

‘मेस्सी बार्सिलोनका खलाडी हुन्। म उसको समर्थकका हिसाबले यो कुरा हजारपटक भनिसकेको छु। म चहान्छु लियोले त्यहीबाट सन्यांस लिउन्।’

तर अर्जेन्टिनी खेलाडीले गत समरमा सिटीमा जाने हिसाबले बार्सिलानालाई फ्रि ट्रान्फरका लागि अनुरोध गरेका थिए। 

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बर्टोमाउले उनलाई क्लब छोडेर जान नदिएपछि मेस्सी बार्सिलानामै रहे। त्यसपछि गत अक्टोबरमा बर्टोमाउले त राजीनामा दिए तर मेस्सीको भविष्य भने अन्योलमा रह्यो।

‘आउँदो समरमा उनको सम्झौता सकिनेछ र मलाई थाहा छैन कि उनको दिमागमा के चल्दैछ,’ ग्वार्डिओलोले भने।

उनले थपे, ‘बार्सिलोनाले मसँग गरेको कामप्रति म कृतग्य छु।’ ग्वार्डिओलाले २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी पुरा गरको थिए।

फ्रेन्च क्लब पीएसजी पनि उनलाई अनुबन्ध गर्न इच्छुक देखिएको छ तर आउँदो जनवरीमा हुने बार्सिलोनाको प्रेसिडेन्सियल चुनावका लागि तयार रहेका अध्यक्षका प्रत्यासीहरुले मेस्सीलाई क्लबमै राख्ने बताउँदै आएका छन्।
 

प्रकाशित: Nov 21, 2020| 01:17 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।