आइतबार, असार २८, २०८३

हाल्यान्डले ४ गोल गरेको खेलमा मौकोकोले बनाए नयाँ रेकर्ड

जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले हेर्था बर्लिनविरुद्ध उसकै मैदानमा ५–२ गोल अन्तरको जित निकाल्यो।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं- जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले हेर्था बर्लिनविरुद्ध उसकै मैदानमा ५–२ गोल अन्तरको जित निकाल्यो।

एक गोलले पछि परेको अवस्थाबाट सहज जितसम्म पुग्न इर्लिङ ब्रुट हाल्यान्डले चार गोल गरे। उनले सबै गोल दोस्रो हाफमा गरेका हुन्।
उनले ४७ औं, ४९ औं र ६२ औं मिनेटमा लगातार गोल गर्दै १५ मिनेटको अन्तरालमै सनसनीपूर्ण ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै २० वर्षे खेलाडीले अन्तिम गोल भने ७९ औं मिनेटमा गरे।

उनले अन्तिम गोल गर्नुअघि ७० औं मिनेटमै राफेलले गुरेइरोले गोल गरेर टिमलाई सहज अवस्थामा पुग्न थप सहयोग गरेका थिए।
यता ब्राजिलियन विंगर माथिउस कुन्हाले हेर्था बर्लिनको लागि दुई गोल गरे। डर्टमुन्डले जितसँगै शीर्षस्थानको बायर्नसँग अंकदुरी कम गरेको छ।

बार्यनले भने शनिबार रातिको खेलमा वेर्डरसँग १–१ गोलको बराबरी खेलेको थियो। अंकतालिकामा डर्टमुन्डको १८ अंक छ भने समान आठ खेल खेलेको बायर्नको १९ अंक छ।

शनिबार रातिको खेलमा डर्टमुन्डका बोस लुसिया फेव्रेले किशोर खेलाडी यौसुफ मौकोकोलाई सिनियर टिममा समावेश गरेका छन्।
१६ वर्षको जन्मदिन मनाएको भोलिपल्ट नै उनले सिनियर टिममा स्थान बनाएका हुन्। 

उमेर समूहका खेलमा सनसनी मच्चाएका मौकोकोको उमेर कम भएकै कारण यसअघि खेलमा मौका पाएका थिएनन्।

उनी सिनियर टिममा खेल्ने जर्मनीकै कम उमेरका खेलाडी बनेका छन्। उमेर समूहका ८८ खेलमा १४१ गोल गरेका मौकोकोले खेलको पाँच मिनेट बाँकी रहँदा सिनियर टिममा डेब्यू गरेका थिए।

खेलमा चार गोल गरेका हाल्यान्डले मौकोकोलाई विश्वकै ठूलो ट्यालेन्ट मानेको बताएका छन्। मौकोकोले हाल्यान्डलाई ८५ औं मिनेटमा प्रतिस्थापन गर्दै उनको ठाउँमा मैदान पसेका थिए।

हाल्यान्डले डर्टमुन्को पछिल्लो ६ खेलबाट १० गोल गरेका छन् भने यो सिजनमा क्लब र नर्वेका १७ खेलमा सहभागी हुँदै २१ गोल गरिसकेका छन्।

उनले यू–२३ मा उत्कृष्ट खेलाडी रहँदै गत शनिबार २०२० गोल्डेन बोइ अवार्ड पाएका छन्। उनले बार्सिलोनाका अन्सू फाटी र बायर्नका अल्फान्सो डोभिसलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन्।
 

प्रकाशित: Nov 22, 2020| 02:15 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।