आइतबार, असार २८, २०८३

एट्लेटिको मड्रिडसँग बार्सिलोना पराजित

स्पेनिस ला लिगा अन्तगर्त शनिबार राति सम्पन्न खेलमा बलियो टिम बार्सिलोना पराजित भएको छ। 
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं- स्पेनिस ला लिगा अन्तगर्त शनिबार राति सम्पन्न खेलमा बलियो टिम बार्सिलोना पराजित भएको छ। 

एट्लेटिको मड्रिडको वान्डा मोट्रोपोलिटानो रंगशालामा सम्पन्न खेलमा बासिलोनाले १–० गोलको हार बेहोरेको हो।

यता घरेलु टिमको जितका लागि यान्निक कारास्कोले गोल गरे। उनले पहिलो हाफको थप समयमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो।

साथै गएरातिको खेलबाट डिफेन्डर गेरार्ड पिक घाइते भएपछि बार्सिलोनालाई अर्को झट्का लागेको छ। दोस्रो हाफमा चोटग्रस्त भएका पिक खिन्नताका साथ मैदानबाट बाहिरिएका थिए।

उनको दायाँ घुँडामा चोट लागेको छ तर उनी कति समय मैदान बाहिर बस्नुपर्ने हो भन्ने यकिन हुन सकेको छैन्। 

यता फरावर्ड अन्सू फाटी पनि चोटका कारण लामो समयका लागि मैदान बाहिर छन्। गएरातिको नजितासँगै बार्सिलोना ला लिगाको आठ खेलबाट ११ अंक जोड्दै १० औं स्थानमा छ। यो सिजनमा बार्सिलोनाको तेस्रो हार हो।

जारी सिजनमा अपराजित रहेको एट्लेटिले शीर्षस्थानको रियल सोडिसाडसँग समान २० अंक बनाएको छ। अंकतालिकाको तेस्रो स्थानमा भिल्ला रियल छ भने रियल मड्रिड चौथो स्थानमा छ।
 

प्रकाशित: Nov 22, 2020| 01:14 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।