आइतबार, असार २८, २०८३

चेल्सीको जितपछि प्रशिक्षक लाम्पार्डले भने: नम्र रहनुपर्छ

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा न्युकासलविरुद्धको जितसहित चेल्सी दोस्रो स्थानमा उक्लिएको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा न्युकासलविरुद्धको जितसहित चेल्सी दोस्रो स्थानमा उक्लिएको छ।

जितपछि प्रशिक्षक फ्रांक लाम्पार्डले चेल्सीले नम्र रहनुपर्ने बताएका छन्। खेलमा न्युकासलका फ्रेडरिको फर्नान्डेसले १० औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले सुरुवाती अग्रता पाएको थियो। तर पहिलो हाफमा गोल गर्न नसक्दा एक गोलले मात्र अघि रह्यो।

यता दोस्रो हाफमा टामी अब्राहमले गोल गरेपछि भने चेल्सी सहज अवस्थामा पुगेको थियो। अब्राहमले खेलको ६५ औं मिनेटमा गोल गरे भने गोलका लागि विंगर टिमो वेर्नरले पास उपलब्ध गराएका थिए।

उनको गोलसँगै चेल्सीले साउथह्याम्टनविरुद्ध २–० गोलको जित निकोल्न सफल रह्यो। 

ईपीएलको जारी सिजनमा पाँचै जित निकालेको चेल्सीले सबै प्रतियोगिताका पछिल्ला पाँच खेलमा लागता रजित निकाल्दै आएको छ।

घरेलु लिगको जारी भने उसले तीन बराबरी र एक पराजयसमेत बेहोरेको छ। यता साउथह्याम्टन १६ अंकका साथ पाँचौ स्थानमा छ।

‘मलाई थाहा छ, टिममा इम्प्रुभमेन्ट र लगन अझै धेरै जरुरी छ। हामी खेलप्रति नम्र रहनुपर्छ,’ प्रशिक्षक लाम्पार्डले खेलपछि भने।

शनिबार राति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रोममाथि १–० गोलको सहज जित निकालेको छ।
 

प्रकाशित: Nov 22, 2020| 03:06 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।