आइतबार, असार २८, २०८३

क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलायो

नेपाल क्रिकेट संघ (क्यान) ले २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। 
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। 

उसले हिजो(शुक्रबार) व्यवस्थापक एवम् फिजियो बिक्रम न्यौपानोलाई पत्रमार्फत् बन्द प्रशिक्षणको जानकारी दिँदै खेलाडीलाई क्याम्पमा सहभागी गराउने बताएको हो।

क्यानले पत्रमा लखेको छ, ‘आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाल सरकारको नीति निर्देशन अनुसारको सावधानीका उपायका साथ मंसिर १० गतेदेखि काठमाडौंमा बन्द प्रशिक्षण सञ्चालन गर्न लागिएको छ।’

प्रशिक्षणका लागि मंसिर ८ गते सबै खेलाडीको पीसीआर टेस्ट गराइने छ र रिपोर्ट नेगेटिभ आएका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने क्यानले जनाएको छ।

राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा जगतबहादुर टमाटालाई राखिएको छ।

बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी
बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल(कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), पारख खड्का, सन्दिप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, पवन शर्राफ, अभिनाश बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की सहभागी हुने छन्।
 

प्रकाशित: Nov 21, 2020| 01:08 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।