मंगलबार, चैत ३, २०८२

बेल्जियम र इंग्ल्यान्डको जित

नेसन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बेल्जियमसले डेनमार्कविरुद्ध जित निकालेको छ। 
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं- नेसन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बेल्जियमसले डेनमार्कविरुद्ध जित निकालेको छ। 

National life

बेल्जियमको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिमलाई ४–२ गोल अन्तरले हराएको हो।

जितका लागि फरवार्ड रोमेलु लुकाकूले दुई गोल गरे भने मिडफिल्डर युरी टेलेमन्स र केभिन डि ब्रुनले समान १–१ गोल गरे। 
खेलेको तेस्रो मिनेटमै गोल गरेर घरेलु टिमका टेलेमन्स्ले सुरुवाती अग्रता बनाएका थिए।

टेलेमन्सको गोललगत्तै डेनमार्कका जेओ विन्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए। यसका साथै पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो।

दोस्रो हाफमा बेल्जियमले ती गोल थप्यो। लुकाकूले ५७ औं मिनेटमा र ६९ औं मिनेटमा दुई गोल गरे। 

Laxmi sunrise bank
kumari

त्यस्तै केभिन डि ब्रुनले ८७ औं मिनेटमा अन्तिम गोल गरेपछि बेल्जियमले ४–२ गोलको जित निकालेको हो।

त्यसअघि ८६ औं मिनेटमा बेल्जियमका मिडफिल्डर नासर चाड्लीले आत्मघाती गोल गर्दै डेनमार्कलाई कोसेली दिएका थिए।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा फिल फोडेन चम्किँदा इंग्ल्यान्डले आइसल्यान्डमाथि फराकिलो जित निकालेको छ। 

इंग्ल्यान्डको वेम्बले रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ४–० गोलको जित निकालेको हो।

जितका लागि डेक्लन राइसले २० औं मिनेटमा सुरुवाती गोल गरे भने २४ औं मिनेटमा मेसन माउन्टले अग्रतालाई दोब्बर बनाए।

पहिलो हाफमा दुई गोलले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफमा पनि दुई गोल थप्यो। यसपटक दुवै गोल फोडेनले गरे। उनले खेलको ८० र ८४ औं मिनेटमा लगातार दुई गोल गरे।

जितसहित इंग्ल्यान्ड समूह ए २ को तेस्रो स्थानमा छ भने बेल्जियम शीर्षस्थानमा छ। 

बेल्जियमले १५ अंक बनाउँदा १० अंक बनाएको डेनमार्क दोस्रो स्थानमा छ। इंग्ल्यान्डको पनि १० अंक छ।

समूहको शीर्षस्थानमा रहँदै बेल्जियमले लिगको अघिल्लो राउन्डमा प्रवेश पाएको छ।

प्रकाशित: Nov 19, 2020| 01:48 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।