काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले एमालेका नेता डा. अबुल हुसेन अन्सारीले कुल ८ लाख १ हजार रुपैयाँ बराबरको मानवीय सहयोग गरेका छन्।
उनले बाढी प्रभावित क्षेत्रमै पुगेर ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक औषधी तथा मेडिकल सामग्री हस्तान्तरण गर्नुका साथै राहत तथा पुनर्स्थापना कार्यमा थप योगदान पुगोस् भन्ने उद्देश्यका साथ 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा पाँच लाख एक हजार रुपैयाँ नगद जम्मा गरेका छन्।
एउटा नेपालीलाई चोट लाग्दा अर्को नेपालीले सकेको सहयोग गरेर घाउमा मलम लगाउनुपर्छ भन्ने भावका साथ यतिबेला आफू राहत कार्यमा सक्रिय रहेको उनले बताएका छन्।