आइतबार, असार २८, २०८३

राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण अघि बढाइने

क्युकोशिन कान कराते संघ कास्कीले नवौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी प्रशिक्षणलाई अघि बढाउने भएको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

कास्की– क्युकोशिन कान कराते संघ कास्कीले नवौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी प्रशिक्षणलाई अघि बढाउने भएको छ।

संघको १०औँ साधारणसभाले कोरोना महामारीका कारण खेलाडी प्रशिक्षण रोकिएको अवस्थालाई दृष्टिगत गर्दै आगामी दिनमा सुरक्षा सजगताका साथ उक्त कार्यलाई अघि बढाउने निर्णय गरेको सचिव सुरेशराज अधिकारीले जानकारी दिए। 

कोरोना महामारीका कारण लामो समयदेखि खेलकुदका धेरै काम प्रत्यक्ष प्रभावित भएको उनले बताए।  

साधारणसभाले आगामी दिनमा खेलाडीको हौसला वृद्धि गर्नका लागि पदक विजेता खेलाडीलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ। 

साधारणसभाले संघको रिक्त कोषाध्यक्ष पदमा सुजन आचार्य तथा सदस्यमा सुनिल थापा र अर्जुन बरामलाई जिम्मेवारी दिएको छ।

साधारणसभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय दिन नसकेको बताए। राष्ट्रियस्तरमा नै सबैभन्दा बढी पदक ल्याउने खेल मार्सलआर्ट भए पनि यो ओझेलमा परिरहेको उनले बताए। 

कार्यक्रममा नेपाल क्युकोशिन कानका केन्द्रीय प्रशिक्षक राजेन्द्र सुवेदी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिवि नेपाली, संघका अध्यक्ष बेलबहादुर थापा, उपाध्यक्षद्वय सागरराज गिरी र दानबहादुर क्षेत्री लगायतले कोरोना महामारीले खेल क्षेत्रमा नराम्रोसँग प्रभाव पारेको बताए। 

प्रकाशित: Nov 22, 2020| 17:12 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।