आइतबार, असार २८, २०८३

रियल मड्रिड बराबरीमा रोकियो

ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं–ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ। 

भिल्लारियलको डि ला सेरामिका रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले रियलसँग १–१ गोलको बराबरी खेलेको हो।

पाहुना टोलीका लागि स्पेनिस फरवार्ड मारियानो डियाजले पहिले गोल गरे। उनले दोस्रो मिनेटमै गोल गरे पनि रियलका तर्फबाट थप गोल हुन सकेन्।

यसकारण पहिलो हाफमा रियल एक गोलले अघि रह्यो। तर प्रतिस्पर्धात्मक खेलको ७६ औं मिनेटमा भिल्ला रियलले पेनाल्टीको अवसर पाएपछि रियलले अग्रता कायम राख्न सकेन्।

भिल्लाका गेरार्ड मोरेनोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। १–१ गोलको अवस्थामा खेल सकिएपछि दुवै टोलीले अंक बाँडेका हुन्।

बराबरीसँगै रियल मड्रिड अंकतालिकामा भिल्लाभन्दा एक स्थान पछाडि छ। भिल्लाको १९ अंक छ भने १७ अंकका साथ रियल चौथो स्थानमा छ। 

शीर्षस्थानका रियल सोसिडाड र एट्लेटिको मड्रिडको समान २०–२० अंक छ।
 

प्रकाशित: Nov 22, 2020| 01:06 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।