आइतबार, असार २८, २०८३

युभेन्टस विजयी : चार मिनेटको अन्तरमा रोनाल्डोको २ गोल

टिमलाई दोस्रो स्थानमा पुर्याउनका लागि रोनाल्डोले चार मिनेटको अन्तरमै दुई गोल गरे।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

इटालियन सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रोनाल्डोले दुई गोल गर्दै क्यालिग्रीविरुद्ध युभेन्टसलाई जित दिलाएका छन्। रोनाल्डोले जारी सिजनका पाँच खेलमा उपस्थित हुँदै सबै खेलमा गोल गरेका हुन्।

टिमलाई दोस्रो स्थानमा पुर्याउनका लागि उनले चार मिनेटको अन्तरमै दुई गोल गरे। रोनाल्डोको गोलसँगै युभेन्टसले घरेलु मैदानमा २–० गोलअन्तरको जित निकालेको हो।

अंकतालिकाको आठौं स्थानमा रहेको युभेन्टसका लागि पोर्चुगिज फरावर्डले ३८ औं र ४२ औं मिनेटमा गोल गरे। पहिलो गोलका लागि अल्वेरो मोराटाले पास दिएका थिए भने दोस्रो गोलका लागि मेरिह डिमिरलले पास उपलब्ध गराएका थिए।

जितसँगै युभेन्टसले अंकतालिकामा १६ अंक बनाएर आठौं स्थानबाट दोस्रो स्थानमा फड्को मारेको छ। शीर्षस्थानका एसी मिलानको भने १७ अंक छ।

सिरी ए कै शनिबार राति सम्पन्न खेलमा एटलान्टाले स्पेजियासँग गोलरहित बराबरी खेलेको छ भने लाजियोले क्रोटोनविरुद्ध २–० गोलको जित निकालेको छ।
 

प्रकाशित: Nov 22, 2020| 01:14 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।