आइतबार, असार २८, २०८३

जोकोविच र नाडाल एटीपी टेनिसबाट बाहिरिए

विश्व टेनिस वरियताको नम्बर वान खेलाडी नोभाक जोकोविच र नम्बर टू राफेल नाडाल एटीपी टेनिसको सेमीफाइनलबाटै बाहिरिएका छन्।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– विश्व टेनिस वरियताको नम्बर वान खेलाडी नोभाक जोकोविच र नम्बर टू राफेल नाडाल एटीपी टेनिसको सेमीफाइनलबाटै बाहिरिएका छन्।

उपाधि दावेदार जोकोविचलाई यूएस ओपन विजेता डोमिनिक थिमले हराएका हुन भने राफेन नाडाललाई ड्यानियल मेड्वेडेवले हराएका हुन्।

अब फाइनल खेलमा थिम र मेडेवेडोवले प्रतिस्पर्धा गर्नेछन्। नाडलले दोस्रो सेटको ५–४ अंकसम्म राम्रो प्रदर्शन गरे पनि त्यसपछि उत्कृष्ट प्रदर्शन गर्न नसक्दा हार बेहोरेका हुन्।

२० पटकका ग्राण्डस्लम विजेताविरुद्ध रसियाका मेड्वेडेवले ३–६, ७–६ (७–४) र ६–३ को जित निकालेका थिए। त्यसअिघ सम्पन्न खेलमा डोमिनिक थिमले जोकोविचलाई ७–५, ६–७ (१०–१२) र ७–६ (७–५) को प्रतिस्पर्धात्मक सेटमा हराएका थिए। 

तीन घण्टा चलेको खेलको तेस्रो सेटमा ४–० ले पछि परेको अवस्थाबाट थिमले जित निकालेका थिए।

थिमले यसअघि पनि ग्राण्डस्लम उपाधि जितिसकेका छन् भने मेड्वेडेवले उपाधि जिते यो उनका लागि जीवनको सबैभन्दा ठूलो उपाधि हुनेछ।

जितपछि मेड्वेडेवले अब नाडाल, जोकोविच र रोजर फेडेररपछिको नयाँ पुस्ता हावी हुँदै गएको दावी गरेका छन्।
 

प्रकाशित: Nov 22, 2020| 03:44 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।