आइतबार, असार २८, २०८३

क्रिकेट म्यानेजरका लागि ७ जनाको अन्तर्वार्ता

क्रिकेट म्यानेजर पदको लागि नेपाल क्रिकेट संघ (क्यान)ले ७ जना उम्मेद्वारको अन्तर्वार्ता लिएको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– क्रिकेट म्यानेजर पदको लागि नेपाल क्रिकेट संघ (क्यान)ले ७ जना उम्मेद्वारको अन्तर्वार्ता लिएको छ।

क्यानले आज (आइतबार) सूचना सार्वजनिक गर्दै ७ उम्मेद्वारको अन्तर्वार्ता लिएको जानकारी दिएको छ।

संघले गत अक्टोबरमा मुख्य प्रशिक्षक, क्रिकेट म्यानेजरसहित विभिन्न पदमा दरखास्त आह्वान गरेका थियो। सो आह्वानमा ४५ जना उम्मेद्वारले आवेदन दिएका थिए। जसमा पहिलो चरमा २० जना सहभागी गराइएको थियो भने आज सम्पन्न दोस्रो चरणमा ७ जनाको अन्तर्वार्ता लिएको क्रिकेट म्यानेजर छनोट समितिले बताएको छ।

पाँच सदस्सीय समितिमा तीन जना क्यानका पदाधिकारी, एक क्रिकेट विज्ञ र एक जना आईसीसीका प्रतिनिधि छन्। त्यस्तै, क्यालने १२ जना मुख्य प्रशिक्षकको अन्तर्वार्ता सम्पन्न गरी मंसिर दोस्रो हप्ता हेड कोच नियुक्त गरिने यसअघि नै बताएको छ।

नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण मंसिर १० गतेबाट सुरु हुँदै छ।
 

प्रकाशित: Nov 22, 2020| 11:16 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।