आइतबार, असार २८, २०८३

जोकोविच एटीपी टेनिसको सेमीफाइनलमा

 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

काठमाडौं– सर्वियन टेनिस स्टार नोभाक जोकोविच एटीपी टेनिसको सेमीफाइनलमा प्रवेश गरेका छन्।

विश्व नम्बर वान जोकोविचले जर्मनका अलेक्जेन्डर जेरेभलाई २–० को सोझो सेटमा हराउँदै सेमीफाइनल प्रवेश गरेका हुन्।

०२ एरिना, लन्डनमा सम्पन्न खेलमा जोकोविचले ६–३, ७–६ (७–४)को जित निकाले। 

जितसँगै जोकोविचको ६ उपाधि जित्ने सपना कायम छ। उनले उपाधि जित्न सके एटीपीएको एक रेकर्डसँग बराबरी गर्नेछन्।

तर पछिल्लो खेलको दोस्रो सेटमा बराबरी खेल्दै चरण पार गरेकाले उनलाई अघि बढ्न सकस हुने देखाउँछ।

अब उनले अन्तिम चारमा डोमिनिक थिमसँग प्रतिस्पर्धा गर्नेछन्। थिम यूएस ओपनको उपाधि विजेतासमेत हुन्।

‘गौरव महशुस गरिरहेको छु। पहिलो सेटमा केही ब्रेक पोइन्ट थियो र मैले केही राम्रो प्रदर्शन गर्न सकेँ,’ उनले खेलपछि भने।

उनले त्यसअघिको खेलमा भने चौथो बरियताका रसियन खेलाडी डानियल मेड्वेदेवलाई ६–३, ६–३ को सेटमा हराएका थिए।
 

प्रकाशित: Nov 21, 2020| 01:35 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।