आइतबार, असार २८, २०८३

नेपाल रग्बी संघलाई विश्व रग्बीको सदस्यता

नेपाल रग्बी संघलाई विश्व रग्बीको मान्यता प्राप्त भएको छ। आज (मंसिर ४ गते) संघले सूचना जारी गर्दै नेपाल रग्बीले विश्व रग्बीबाट एसोसिएट सदस्यता प्राप्त भएको जानकारी दिएको हो।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं– नेपाल रग्बी संघलाई विश्व रग्बीको मान्यता प्राप्त भएको छ। आज (मंसिर ४ गते) संघले सूचना जारी गर्दै नेपाल रग्बीले विश्व रग्बीबाट एसोसिएट सदस्यता प्राप्त भएको जानकारी दिएको हो।

‘विश्व रग्बीको २०२० अक्टोबर १८ मा सम्पन्न बैठकबाट नेपाल रग्बी संघलाई एसोसिएट सदस्यता प्राप्त भएको छ,’ संघले सूचनामा बताएको छ।

यसअघि सन् २०१८ मा संघलाई एसिया रग्बी महासंघको पूरक सदस्यता प्राप्त भएको थियो। त्यसअघि सन् २०१२ देखि नेपालमा रग्बी संघ स्थापना भएर काम गर्दै आएको छ।

‘विश्व रग्बीको सदस्यता पाउनु हाम्रो मुख्य उपलब्धि हो। घरेलु र बाह्य प्रतियोगितालगायत रग्बी खेलको लागि सम्बद्ध सबै पक्षको साझ उपलब्धि हो,’ संघले बताएको छ।

संघको सदस्यताका लागि नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र एसिया रग्बीले सहयोग गरेका थिए। संघले सदस्यता पाएसँगै थप जिम्मेवार भएको भन्दै यो जिम्मेवारीलाई निर्वाह गर्न तयार रहेको बताएको छ।
 

प्रकाशित: Nov 19, 2020| 10:56 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।