आइतबार, असार २८, २०८३

म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम ईपीएलको शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बलियो प्रतिस्पर्धी म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम हट्स्पुर शीर्षस्थानमा उक्लिएको छ।
 |  आइतबार, मंसिर ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ७, २०७७

काठमडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बलियो प्रतिस्पर्धी म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम हट्स्पुर शीर्षस्थानमा उक्लिएको छ।

टोटेनम हट्स्पुर मैदानमा सम्पन्न खेलमा पाहुना टिम सिटी २–० गोलले पराजित भएको हो।

टोटेनहमको जितका लागि सन ह्युङ मिनले पाँचौ मिनेटमा पहिलो गोल गरेका थिए। उनको गोलसँगै पहिलो हाफमा घरेलु टिम एक गोलले अघि रह्यो।

रेफ्रीले सिटीको पहिलो हाफको गोल भीएआरको सहायताले मान्यता नदिएपछि पेप ग्वार्डिओलाको टिम पहिलो हाफमै बराबरी गर्नबाट चुकेको थियो। ग्याब्रियल जिससको ह्यान्डबल गोलेको बाधक बन्यो।

दोस्रो हाफको ६५ औं मिनेटमा लो सेल्सोले गोल गरेपछि अन्य स्कोर नहुँदा टोटेनहमले जित निकालेको हो। पहिलो गोलका लागि एन डोम्बेलेले पास दिएका थिए भने दोस्रो गोलका लागि ह्यारी केनले एसिस्ट गरे।

जितसँगै टोटेनहमले २० अंक बनाएको छ भने साविक उपविजेता सिटी १२ अंकका साथ ११ औं स्थानमा छ।

प्रकाशित: Nov 22, 2020| 02:48 आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।