आइतबार, असार २८, २०८३

तेस्रो हारका बाबजुद पीएसजी शीर्षस्थानमा

फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा शीर्षस्थानको पेरिस सेन्टजर्मेन पीएसजी पराजित भएको छ। 
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

काठमाडौं–फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा शीर्षस्थानको पेरिस सेन्टजर्मेन पीएसजी पराजित भएको छ। 

मोनाकोको मैदानमा सम्पन्न खेलमा पीएसजी ३–२ गोल अन्तरले पराजित भएको हो।

नोभेम्बर ब्रेकपछिको पहिलो खेलमा फरवार्ड केलियन एम्बाप्पेको दुई गोल पनि जितका लगि पर्याप्त भएन। 

एम्बाप्पले खेलको २५ औं मिनेटमा गोल गर्दै पाहुना टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यस्तै, ३७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै उनले गोल गरे। यसका साथै पहिलो हाफमा पीएसजी दुई गोलले अघि रह्यो।

तर दोस्रो हाफमा गोल गर्न नसक्दा अग्रता गुमाउँदै पराजित हुन पुग्यो। यता दुई गोलले पछि परेको अवस्थामा मोनाकोका केभिन भोल्लार्डले ५२ औं र ६५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पीएसजीका डिफेन्डर अब्दुल डियालोले फरवार्ड भोल्लार्डलाई मैदानमा लडाएपछि यल्लो कार्ड पाएका थिए। 

तर रेफ्री क्लिमेन्ट ट्रुम्पले भीएआरको सहयोग लिँदै डिफेन्डरलाई रातो कार्ड देखाएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो।

यसका साथै मोनाकोले पाएको पेनाल्टीको सदुपयोग गर्दै गोल गरेपछि भने पीएसजी एक गोलले पछि पर्यो। 

तेस्रो हारका बाबजुद २४ अंक बनाएको पीएसजी शीर्षस्थानमा छ भने मोनाको २० अंकका साथ दोस्रो स्थानमा छ।
 

प्रकाशित: Nov 21, 2020| 01:24 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।