आइतबार, असार २८, २०८३

बिग ब्यास लिगमा सन्दिप लामिछाने हुरिकेन्सबाट खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियन बिग ब्यास लिग (बीबीएल)मा होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियन बिग ब्यास लिग (बीबीएल)मा होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।

अष्ट्रेलियाको शीर्ष टी-२० क्रिकेट प्रतियोगितामा उनले हुरिकेन्सबाट खेल्ने तय भएको क्लबले जनाएको हो।

हुरिकेन्स्ले बिहीबार सामाजिक सञ्जालमा सूचना पोस्ट गर्दै सन्दीप अनुबन्ध गरेको बताए पनि रकम सार्वजनिक गरेको छैन्।

सन्दीपले तेस्रो पटक बीबीएल खेल्न लागेका हुन्। यसअघि दुई सिजनका २० खेलबाट २६ विकेट लिइसकेका सन्दीपले पछिल्लो सिजनाम १३ खेलबाट १५ विकेट लिएका थिए।

गत संस्कणमा सन्दीप सम्मिलित टिम मेलबर्न स्टार्सले फाइनलसम्मको यात्रा तय गरेको थियो।

स्टार्सले यो सिजनमा भने अफगानिस्थानका जाहिर खानलाई अनुबन्ध गरको जनाएको छ।

आउँदो सिजनको बीबीएल डिसेम्बर १० तारिकाबाट सुरु हुँदैछ।
 

प्रकाशित: Nov 19, 2020| 04:15 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।