फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। पीएसजीकै मैदानमा भएको खेलमा उसले पाहुना टिम लियोनविरुद्ध २–१ गोलको जित निकालेको हो।
इंग्लिस प्रिमियर लिग (ईपीएल)मा प्रशिक्षक थोमस टुचेलको टिम चेल्सीले आफ्नो अपराजित यात्रा कायम राखेको छ। उसले टोटेनहमविरुद्ध जित निकाल्दै अपराजित यात्रा कायम राखेको हो।
‘मेरा साथीहरू मेरो स्वाथ्यमा राम्रो सुधार भइरहेको छ,’ पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘मैले आज परिवार भेटेँ। म हरेक दिन मुस्कुराइरहेको छु। प्रेम र प्रार्थनाका लागि सबैलाई धन्यवाद।’
बायर्न म्युनिखले जमर्न शीर्ष डिभिजन फुटबल बुन्डेसलिगामा बोउकमविरुद्ध सात गोल गरेको छ। बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टोली भीएफएल बोउकमविरुद्ध ७–० गोलको सानदार जित निकालेको हो।