काठमाडौं- छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।
बिहीबार बिहान त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा समूह चरणका खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।
समूह 'ए' बाट बिभागिय टिम एपीएफ र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका छन्। त्यस्तै समूह बीबाट होङ्वान्जी न्यु डाइमन्ड र त्रिभुवन आर्मी क्लब अन्तिम ४ मा पुगेका छन्।
अब शुक्रबार हुने सेमिफाइनलको पहिलो खेलमा एपीएफले समूह 'बी'को उपबिजेता आर्मीसँग खेल्नेछ। सो खेल बिहान ८ बजे हुनेछ।
त्यस्तै दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले समूह बीको बिजेता न्यु डाइमन्डसँग प्रतिस्पर्धा गर्नेछ।
सेमिफाइनलमा जित निकाल्ने टिमले आगामी शनिबार हुने फाइनल खलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विजेता टिमले ४ लाख पुरस्कार जित्नेछ।