बिहीबार, भदौ १८, २०८३

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १०४ जना घाइते

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, सुदूरपश्चिम र कोशी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०४ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा २६ जना घाइते भएका छन् भने कोशीमा २० जना, काठमाडौँ उपत्यकामा २० जना, सुदूरपश्चिममा १५ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ११ जना, करंलीमा ३ जना र गण्डकीमा ४ जना घाइते भएका छन्।

प्रकाशित: Sep 03, 2026| 11:29 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्