सोमबार, असार २२, २०८३

आर्मीलाई हराउँदै एपीएफ भलिबल च्याम्पियनसिपको फाइनलमा

एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको पहिलो सेमीफाइनल खेलमा विभागीय डर्बी एपीएफलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको पहिलो सेमीफाइनल खेलमा विभागीय डर्बी एपीएफलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दरशथ रंगशालास्थित राखेपको कभर्डहलमा शुक्रबारको खेलमा आर्मीले एपएिफलाई ३–२ को सेटमा हराएको हो। 

निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा २४–२४ बराबरी अवस्थाबाट जित आर्मीले २७–२५ को जित निकालेको थियो। दुवै विभागीय डर्बीको दोस्रो सेटको खेल पनि उत्तिर्क प्रतिस्पर्धात्मक रह्यो। एकपटक ९–४ अन्तरले अघि रहेको अवस्थामा एपीएफले ९–९ अंक बनाएर पुनरागमन प्रयास गरे पनि ऊ सफल भएन। अन्ततः दोस्रो सेटमा पनि एपीएफ निर्धारित २५ अंक पुग्न चार पाइन्ट बाँकी रहँदै आर्मीले जित निकाल्यो। त्यसपछि निकै प्रतिस्पर्धात्मक तेस्रो सेटमा एपीएफलाई जित्नै पर्ने बाध्यता थियो।

अन्तिम समयमा २७–२५ अंकमा अघि रहँदै एपीएफले तेस्रो सेटमा पहिलो जित निकालेको थियो। चोथो सेटमा भने एपीएफले उत्कृष्ट सुरुआत गर्न सकेन। त्यसको फाइदा लिँदै आर्मी १०–५ को अग्रता बनाएको थियो। एपीएको मध्यभागमा देखिएको भ्याकुमलाई आर्मीले अंकका केन्द्र बनाइरह्यो। लगातार १७ अंकसम्म पछि परेको अवस्था उल्ट्याउँदै एपीएफले २०–१७ को अग्रता बनाएयो। त्यसपछि एपीएल अघि रह्यो। आर्मीका लागि संगम महतोको स्पाइक सोफिया पुनको क्विक स्पाइक हेर्न लायक रह्यो। अन्तिमा एपीएफकी प्रमुख स्पाइकर सरस्वती चौधरीको पावर हिटिङले खेल निकै रोमाञ्चक बनायो।

अन्तिममा २३–२३ को बराबरी अवस्थाबाट आर्मीले अग्रता बनाए पनि एपीएफले २४ अंकमा बराबरी गर्यो। निकै लामो चलेको र्यालीमा आर्मीले आफ्नै खेल क्षेत्रमा बल खेर फालपछि एपीएफले अंक पाएको थियो। अन्तिममा आर्मीले सर्भिसमै गल्ती गरेपछि एपीएफले २६–२४ को जित निकाल्यो र खेल पाँचौ सेटमा लम्बियो। सुरुआतिजस्तै, खेलको निर्णायक सेट निकै प्रतिस्पर्धात्मक रह्यो। ३–३, ७–७ र ९– ९ को बराबरी अवस्था पार गर्दै एपीएफले १३–१० को अग्रता बनायो।

यो समयमा स्पाइकर चौधरीको पावर हिटिङ र रेश्मा भण्डारीको ब्लक आर्मीलाई निकै भारी पर्यो। १४–११ अग्रताबाट दुई अंक गुमाउँदै एक अंक जोडेर फाइनलमा स्थान पक्का गर्यो। अब उसले फाइनलमा न्यु डाइमन्ड र पुलिस क्लबको विजेताको सामना गर्नेछ।


प्रकाशित: Oct 01, 2021| 12:53 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।