सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • चितवनलाई जिताएपछि राजेशले भने– धैर्य गरेरै राम्रो खेल्न सकिने रहेछ

चितवनलाई जिताएपछि राजेशले भने– धैर्य गरेरै राम्रो खेल्न सकिने रहेछ

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार दिउँसो सम्पन्न खेलमा राजेश पुलामी र कमल सिंह ऐरीले उत्कृष्ट फिनिसिङ गरेपछि चितवन टाइगर्सले ३ विकेटको जित निकालेको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार दिउँसो सम्पन्न खेलमा राजेश पुलामी र कमल सिंह ऐरीले उत्कृष्ट फिनिसिङ गरेपछि चितवन टाइगर्सले ३ विकेटको जित निकालेको छ। आजको खेलमा चितवनले काठमाडौंलाई हराएको हो। 

ऐरी र पुलामीले ४७ रनको साझेदारी गर्दै ९५ रनमा ७ विकेट गुमाएको अवस्थाबाट चितवनलाई पुनरागमन गराएका थिए। त्यसअघि कप्तान सोमपाल कामी शून्य र सेकुगे प्रशन्न ५ रनमा आउट भएका थिए। सो क्रममा कमल सिंह ऐरीले २३ र राजेश पुलामीले २६ बनाए। ऐरी र पुलामी अविजित रहे।

‘मलाई टिमले जे जिम्मेवारी दिएको छ मैले त्यो पूरा गर्नुपर्छ। अब ठूलो लक्ष्य हुँदा अर्को तरिकाले खेल्नुपर्छ। आज १४२ रनको लक्ष्य थियो। मलाई थाहा थियो कि एक दुई पटक मात्र ब्याटमा बल लाग्यो भने खेल आफ्नो हातमा आउनेछ,’ राजेश पुलामीले खेलपछि भने। 

उनले पछिल्लो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई जित दिलाएका थिए। विराटनगरविरुद्ध ३९ बलमा ४३ रन बनाएर अविजित रहेका थिए। सो खेलमा उनले दुई छक्का र दुई चौका समेत प्रहार गरेका थिए। ‘पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेपछि मलाई आत्मविश्वास आएको थियो। पहिले म एक–दुई वटा डट खानेबित्तिकै हिटमा जान्थैँ। आजभोलि त्यसरी खेल्दिनँ। धैर्य गरेर खेल्यो भने राम्रो हुने रहेछ,’ उनले भने, ’अहिले टिमले फिनिसिङको जिम्मेवारी भएकाले त्यसरी खेलिरहेको छु। प्रदर्शन राम्रो हुने नै धैर्यताले रहेछ।’

उनले चितवनको लक्ष्य प्लेअफमा पुग्नु रहेको बताएका छन्। उनले आउने दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्। उनले अन्तिममा परेको बेलामा नआत्तिने र राम्रो गरेको बेलामा नआत्तिकन खेल्ने बताएका छन्।


प्रकाशित: Sep 30, 2021| 14:30 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।