सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भलिबल च्याम्पियनसिप : अघिल्लो संस्करणको विजेता हेल्प नेपाल र पुलिस क्लब सेमिफाइनलमा

भलिबल च्याम्पियनसिप : अघिल्लो संस्करणको विजेता हेल्प नेपाल र पुलिस क्लब सेमिफाइनलमा

तीन भारतीय खेलाडीलाई टिममा सामेल गरेको हेल्प नेपालले बिहीबार भएको क्वाटरफाइनल खेलमा नयाँबजार सामाजिक युथ क्लबलाई २५-२०, २५-१०, २५-१७ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपाल छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

तीन भारतीय खेलाडीलाई टिममा सामेल गरेको हेल्प नेपालले बिहीबार भएको क्वाटरफाइनल खेलमा नयाँबजार सामाजिक युथ क्लबलाई २५-२०, २५-१०, २५-१७ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

अब हेल्प नेपालले सेमिफाइनलमा विभागीय टिम पुलिससँगको भेट पक्का गरेको छ। आजै सम्पन्न खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५-१९, २५-१८, २५-१९ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलातर्फको खेलमा समूह 'ए'बाट विभागीय टोली एपिएफ क्लब विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। एपिएफले सेमिफाइलनमा अर्को विभागीय टोली सेनासँगको भेट पक्का गरेको छ।

आजै सम्पन्न अन्तिम लिगमा एपिएफले चिरप्रतिद्वन्द्वी पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो। एपिएफले पहिलो सेट २५-१४ ले जित्यो। दोश्रो सेट पुलिसलाई २१-२५ ले सुम्पन पुग्यो। तर तेश्रो र चौथो सेट २५-१७ र २५-१९ ले जित्दै पुलिसमाथि विजय हासिल गरेको हो।

हारका बावजुद पुलिस समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्‍यो। यस्तै दोश्रो खेलमा होङ्गबान्जी न्यू डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २७-२५, २५-२२, २५-२३ को सोझो सेटमा पराजित गर्दै समूह विजेता हुँदै सेमिफाइनलमा पुलिससँगको भेट पक्का गरेको हो।

चैतमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन्।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन्।

प्रकाशित: Sep 30, 2021| 18:55 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।