सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • जर्मन क्लब बायर्नको शक्तिशाली जित, अर्को खेलमा बार्सिलोना पराजित

जर्मन क्लब बायर्नको शक्तिशाली जित, अर्को खेलमा बार्सिलोना पराजित

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा जर्मन क्लब बायर्न म्युनिखले डायनामो किवविरुद्ध निकै जबरजस्त जित निकालेको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा जर्मन क्लब बायर्न म्युनिखले डायनामो किवविरुद्ध निकै जबरजस्त जित निकालेको छ।

घरेलु मैदानमा बायर्न पाहुना टिम डायनामोलाई ५–० गोलले पन्छाउन सफल भयो। बायर्नको जितमा फरवार्ड रोबर्ट लेवान्डोस्की निकै प्रभावशाली रहे। उनले डायनामोको पोस्टमा दुई गोल गरे।

१२ औं मिनेटमै पेनाल्टीको अवसर पाएपछि उनले बायर्नका लागि पहिलो गोल गरेका थिए भने थोमस मुलरको पासलाई उपयोग गर्दै २७औं मिनटमा दोस्रो गोल गरे।

लेवान्डोस्कीको दुई गोलसँगै बायर्न पहिलो हाफमा २–० गोलले अघि रह्यो।

दोस्रो हाफको ६८औं मिनेटमा सर्ज गन्याब्री, ७४औं मिनेटमा लिरोय साने र ८७औं मिनेटमा इरिक म्याक्सिम चुपोमोटिङले गोल गर्दै बायर्नलाई सानदार जित दिलाएका थिए।

सन् २०१३ मा मान्चेस्टर सिटीसँग हारेपछि बायर्नले घरेलु मैदानमा अहिलेसम्म पाउने ६६ अंकमध्ये दुई अंक मात्र गुमाएको छ। साथै च्याम्पियन्स लिगको समूह चरणमा ऊ अहिलेसम्म अपराजित छ। जहाँ उसले २२ मध्ये २१ खेल जितेको छ।



यता डायनामो किवले भने लगातार तीन अवे खेल हारेको छ। बायर्नले पछिल्लो जितसँगै समूह ई मा छ अंक बनाएको छ भने डानामोको १ अंक छ।


समूह ई कै अर्को खेलमा भने स्पेनिस क्लब बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकासँग ३–० गोलले पराजित भएको छ। उसले च्यापियन्स लिगमा लगातार दोस्रो पटक हार बेहोरेको हो।

यो हारसँगै शून्य अंक भएको बार्सिलोना समूहको पुछारमा छ। बार्सिलोनाका इरिक गर्सियाले खेलको ८७औं मिनेटमा रातो कार्ड पाएपछि बाँकी समय बार्सिलोना १० खेलाडीमा समेटिएको थियो।

सन् १९६१ पछि बेन्फिकाले पहिलोपटक बार्सिलोनालाई हराएको हो।

त्यस्तै, बुधबार राति युभेन्टसको मैदानमा सम्पन्न अर्को खेलमा चेल्सीले घरेलु टिमसँग १–० गोलको हार बेहोरेको थियो।
प्रकाशित: Sep 30, 2021| 07:10 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।