सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • शनिबार भक्तपुरमा बागमती प्रदेशस्तरीय रग्बी प्रतियोगिता हुँदै

शनिबार भक्तपुरमा बागमती प्रदेशस्तरीय रग्बी प्रतियोगिता हुँदै

भोलि शनिबार भक्तपुरमा बागमती प्रदेशस्तरीय रग्बी प्रतियोगिता हुने भएको छ। नेपाल रग्बी संघको आयोजनामा एक दिने प्रतियोगिता आयोजना गरिएको हो।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– भोलि शनिबार भक्तपुरमा बागमती प्रदेशस्तरीय रग्बी प्रतियोगिता हुने भएको छ। नेपाल रग्बी संघको आयोजनामा एक दिने प्रतियोगिता आयोजना गरिएको हो।

देशका हरेका प्रदेशमा रग्बी गराउने उद्देश्यका साथ हुने प्रतियोगिताको पहिलो कार्यक्रम भक्तपुरमा हुन लागेको हो।

प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ तीन टिमको सहभागिता रहने छ। पुरुषतर्फ पुल १ मा चार टिम रहेका छन् भने पुल २ मा तीन टिम छन्। राउन्ड रोबिनमा हुने खेलबाट दुवै समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन्।

र, फाइनल जित्नेले १५ हजार पुरस्कार पाउनेछ।

त्यस्तै, महिलातर्फ तीन टिम रहेका छन्। समूह चरणमा राउन्ड रोबिनबाट शीर्ष दुईले फाइनलमा प्रतिस्पर्धा गर्नेछ। फाइनलमा विजेता टिमले १० हजार र उपविजेताले पाँच हजार पुरस्कार पाउने छ।

प्रतियोगितामा पुरुषतर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुर सहभागी छन्। त्यस्तै, महिलातर्फ मकवानपुर, काठमाडौं र नुवाकोट सहभागी छन्।

विजेताका लागि कुल पुरस्कार राशी ५० हजार छुट्याइएको आयोजन नेपाल रग्बी संघले जानकारी दिएको छ। प्रतियोगिता विहान साढे ९ बजे सुरु भएर दिउँसोको साढे २ बजे सकिने छ।


प्रकाशित: Oct 01, 2021| 16:34 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।