सोमबार, माघ ५, २०८२

पविन र सुरोजको जोडी क्वाटरफाइनलमा

आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिन्थेप र सुरोज महर्जनको जोडी बालकुमारी रिमिक्स क्लब सातौँ ललितपुर जिल्लाव्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को क्वाटरफाईनलमा प्रवेश गरेका छन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं- आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिन्थेप र सुरोज महर्जनको जोडी बालकुमारी रिमिक्स क्लब सातौँ ललितपुर जिल्लाव्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को क्वाटरफाईनलमा प्रवेश गरेका छन्। शुक्रबार सम्पन्न खेलमा ठेचो ब्याडमिन्टन क्लबका विशाल बस्नेत र इन्द्र कार्कीको जोडी २१–१५, २१–१६ को सोझो सेटमा पराजित गर्दै आयोजकले अन्तिम आठमा स्थान बनाउन सफल भएको हो। 

National life

आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा प्रयाग पोखरी ब्याडमिन्टन क्लबका उज्वल दाहाल र सृजन ताम्राकारले जोडीले पनि जित निकालेका छन्। उक्त जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्टस्का राजु घिमिरे र प्रविन कार्कीको जोडीलाई २१–१७, २१–१२ ले पराजित गदै क्वाटरफाइनलमा स्थान बनाए। 

यस्तै, क्वाटरफाईनलमा स्थान बनाउने क्रममा आयोजकका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीले क्लब ७ का बिकास महर्जन र प्रदीप महर्जनको जोडीलाई २१–११, २१–१६ तथा दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्टस्का तीर्थराज दर्लामी र दिपेश गुरुङ्गको जोडीलाई २१–५, २१–१३ ले, ११ स्टारका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडीले आयोजकका जेम्स अवाले र राजेन्द्र महर्जनको जोडीलाई २१–१४, २१–१९ले, तथा आयोजकका दिपेश शाक्य र सुनील शाक्यको जोडीले रिभाईभ लिजर पार्कका राम केसी र अजय थापाको जोडीलाई २१–८ को समान अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए।

भेट्रान्स ४५ माथिको प्रतियोगितामा श्रीकृष्ण ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र सीताराम श्रेष्ठको जोडी, महालक्ष्मी टोल विकासका रञ्जित घतानी र रामु ताम्राकार, आयोजकका हरि महर्जन र रवि महर्जन, इमाडोल ब्याडमिन्टन स्पोर्टसका तिलक बुढाथोकी र दील बहादुर कदङ्गवा, आयोजकका किशोर व्यञ्जनकार र दिलन महर्जन, फ्रेन्डसिप ब्याडमिन्टन क्लबका सानुबाबु महर्जन र राजकुमार राजकर्णिकार, सनराइज ब्याडमिन्टन क्लबका दीपक राना र टिका थापा तथा आयोजकका पूर्णभक्त चित्रकार र सुगत रत्न शाक्यको जोडीले पनि अन्तिम आठमा स्थान बनाए।

प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुने कार्यक्रम रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 01, 2021| 18:52 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।