सोमबार, असार २२, २०८३

भलिबल च्याम्पियनसिप: महिला र पुरुषतर्फको सेमिफाइनल खेल आज

एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज चार खेल हुँदैछन्। त्यसमध्ये दुई खेल पुरुषतर्फका हुनेछन् भने बाँकी दुई खेल महिलातर्फका हुनेछन्।
 |  शुक्रबार, असोज १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज चार खेल हुँदैछन्। त्यसमध्ये दुई खेल पुरुषतर्फका हुनेछन् भने बाँकी दुई खेल महिलातर्फका हुनेछन्।

त्रिपुरेश्वारस्थित राखेपको कभर्डहलमा हुने ती चारै खेल पुरुष र महिलातर्फका सेमिफाइनल खेल हुन्।

आजको पहिलो दुई खेल महिलातर्फको हुनेछ। बिहान १० बजे सुरु हुने सो खेलमा विभागीय टिम एपीएफले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।

महिलातर्फको दोस्रो सेमिफाइनल खेलमा न्यु डाइमन्ड क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ। यो खेल दिउँसो १२ बजे हुनेछ।

पुरुषतर्फको पहिलो सेमिफाइनल दिउँसो साढे दुई बजेबाट सुरु हुनेछ भने दोस्रो खेल साढे ४ बजे सुरु हुनेछ।

पहिलो सेमिफाइनल खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा त्रिभुवन आर्मी र एपीएफ भिड्नेछन्।

यो च्याम्पियनसिपको विजेताले चार लाख पुरस्कार पाउनेछ भने उपविजेताले दुई लाख पुरस्कार पाउनेछ। त्यस्तै, तेस्रो हुने टिमले एक लाख पुरस्कार पाउने छ। उपाधिका लागि र तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ।

प्रकाशित: Oct 01, 2021| 07:39 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।