सोमबार, माघ ५, २०८२

भिल्लारियललाई हराउन रोनाल्डोले गरे ९५औं मिनेटमा गोल

रोनाल्डोले बराबरीको अवस्थामा गोल गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई जित दिलाएका छन्।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं– रोनाल्डोले बराबरीको अवस्थामा गोल गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई जित दिलाएका छन्।

National life

उनले खेलको इन्ज्युरी समयमा गोल गर्दै युनाइटेडलाई जित दिलाएका हुन्। रोनाल्डोको गोलसँगै युनाइटेडले भिल्ला रियललाई २–१ गोलले हराएको छ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५३औं मिनेटमा पाको अल्कासरले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए। तर ६०औं मिनेटमै एलेक्स टेल्लेजले गोल गरेर खेललाई बराबरी बनाएका थिए।

अन्तिम समयसम्म १–१ गोलको बराबरी भएपछि रोनाल्डोले जेस लिंगार्डको पासमा गोल गर्दै युनाइटेडलाई जित दिलाए।

यससँगै रोनाल्डोले च्याम्पियन्स लिगमा १७८ खेलबाट १३६ गोल पुरा गरेका छन्। उनले १३५ गोलको आफ्नै सर्वाधिक गोलको रेकर्ड सुधार गरेका हुन्।

Laxmi sunrise bank
kumari

त्यस्तै रोनाल्डो एक सिजनमा सर्वाधिक १७ गोल गर्ने एक्ला खेलाडी पनि हुन्। उनले नकआउट चरणमा ६७ गोल गरेका छन् भने एक समय लगातार ११ खेलमा गोल गरेका थिए।

रोनाल्डोको गोलसँगै ३ अंक जोडेको युनाइटेड समूह एफको तेस्रो स्थानमा छ। शीर्षस्थानको एटलान्टाको चार अंक छ भने दोस्रो स्थानको योङ बोइजको एक अंक छ।

सोही समूहको अर्को खेलमा एटलान्टाले गएराति योङ बोइजलाई हराएको थियो। लिगमै बुधबार रातिको खेलमा जर्मन क्लब बायर्न म्युनिखले डायनामो किवविरुद्ध ५–० गोलको निकै जबरजस्त जित निकालेको छ। 

अर्को खेलमा भने स्पेनिस क्लब बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकासँग ३–० गोलले पराजित भएको छ भने बुधबार राति युभेन्टसको मैदानमा सम्पन्न अर्को खेलमा चेल्सीले घरेलु टिम युभेन्टससँग १–० गोलको हार बेहोरेको छ।

प्रकाशित: Sep 30, 2021| 07:26 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।