काठमाडौं– युजवेन्द्र चहल र ग्लेल म्याक्सवेल चम्किँदा इन्डियन प्रिमियर लिग (आईपीएल)को बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ।
दुवै अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा आरसीबीले राजस्थान रोयल्समाथि ७ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले पुरा ओभर खेल्दै नौ विकेटको क्षतिमा १४९ रन बनाएको थियो। जवाफी ब्याटिङमा सात विकेट र १७ बल बाँकी राख्दै बैंगलोरले १५० रनको लक्ष्य १५३ रन बनाएर पुरा गरेको हो।
बैंगलोरको जितमा ग्लेन म्याक्सवेलले ५० रन बनाए भने स्रिकर भरतले ४४ रन जोडे। कप्तान कोहलीले २५ र देवदत्त पडिक्कलले पनि २२ रन बनाए।
बलिङतर्फ राजस्थानका मुस्तफिजुर रहमानले २ विकेट लिए।
त्यसअघि, राजस्थान इभिन लेविसले ५८, यसश्वी जैसवालले ३१ र कप्तान सन्जु समसनले १९ रन बनाएका थिए।
यता बैंगलोरका लागि हर्षल पटेलले तीन, युजवेन्द्र चहल र सशबाज अहमदले समान २–२ विकेट गिराएका थिए।
यो जितसँगै बैंगलोरले ११ खेलबाट १४ अंक बनाएको छ। ऊ प्लेअफको नजिक पुगिसकेको छ। यता राजस्थान रोयल्स चार जितका साथ सातौं स्थानमा छ।
अहिले अंतालिकामा चेन्नई र दिल्ली समान १६–१६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन्।
आईपएलमा आज राति सनराइजर्स हैदाराबाद र चेन्नई सुपर किंग्स भिड्दैछन्।