सोमबार, असार २२, २०८३

चहल र म्याक्सवेल चम्किँदा बैंगलोरको जित

युजवेन्द्र चहल र ग्लेल म्याक्सवेल चम्किँदा इन्डियन प्रिमियर लिग (आईपीएल)को बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं– युजवेन्द्र चहल र ग्लेल म्याक्सवेल चम्किँदा इन्डियन प्रिमियर लिग (आईपीएल)को बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ।

दुवै अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा आरसीबीले राजस्थान रोयल्समाथि ७ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले पुरा ओभर खेल्दै नौ विकेटको क्षतिमा १४९ रन बनाएको थियो। जवाफी ब्याटिङमा सात विकेट र १७ बल बाँकी राख्दै बैंगलोरले १५० रनको लक्ष्य १५३ रन बनाएर पुरा गरेको हो।

बैंगलोरको जितमा ग्लेन म्याक्सवेलले ५० रन बनाए भने स्रिकर भरतले ४४ रन जोडे। कप्तान कोहलीले २५ र देवदत्त पडिक्कलले पनि २२ रन बनाए।

बलिङतर्फ राजस्थानका मुस्तफिजुर रहमानले २ विकेट लिए।

त्यसअघि, राजस्थान इभिन लेविसले ५८, यसश्वी जैसवालले ३१ र कप्तान सन्जु समसनले १९ रन बनाएका थिए।

यता बैंगलोरका लागि हर्षल पटेलले तीन, युजवेन्द्र चहल र सशबाज अहमदले समान २–२ विकेट गिराएका थिए।

यो जितसँगै बैंगलोरले ११ खेलबाट १४ अंक बनाएको छ। ऊ प्लेअफको नजिक पुगिसकेको छ। यता राजस्थान रोयल्स चार जितका साथ सातौं स्थानमा छ।

अहिले अंतालिकामा चेन्नई र दिल्ली समान १६–१६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन्।

आईपएलमा आज राति सनराइजर्स हैदाराबाद र चेन्नई सुपर किंग्स भिड्दैछन्।

प्रकाशित: Sep 30, 2021| 07:50 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।